जन उज्ज्वल आ.वि. ले मनायो ५६ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस

डिल्ली पंगेनी
प्रकाशित : २०७८ फागुन ९ गते २१:४६

जन उज्ज्वल आधारभुत विद्यालय पूर्वखोला -३ अर्खलडाँडा , पाल्पाले विद्यालयको ५६ औं बार्षिकोत्सव तथा अभिभावक दिबसको अबसरमा विविध कार्यक्रम गरेर सम्पन्न गरेको छ । विद्यालय व्यव्स्थापन समितीका अध्यक्ष प्रेम नारायण पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम अध्यक्ष पंगेनीले यस बर्ष अन्य बाहिरको पाहुना नबोईको बताउनु यसै विद्यालयका सेवा क्षेत्रहरुको उपस्थिमा कार्यक्रम आयोजना गरेको बताउनु भयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम नारायण पंगेनी एवम जेष्ठ नागरिक खिल प्रसाद पंगेनीले बत्ती बालेर ब्यानर उद्घाटन गरेर सुरु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पंगेनीले विध्यालयको प्रगती विवरण सहित ६६ लाख ४४ हजार ७३ रुपैयाले बराबरको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमामा विद्यालयको ५६ औं बार्षिकोत्सव एवम अभिभावक दिवसको अबसरमा विद्यालय पूर्व अध्यक्ष एवम् अक्षकोष दाता पूर्ण बहादुर फाल , वि .व्य.स सद्स्य एवम् विद्यालयमा रहेको अक्षकोष समितिका अध्यक्ष हुम बहादुर आले , पूर्व अध्यक्ष हरु गिता काफ्ले , रिखिराम पंगेनी , भवानी संकर पंगेनी , पूर्व शिक्षक लोक प्रसाद पंगेनी लगायतले विद्यालयको ५६ औं बार्षिकोत्सव तथा अभिभावक दिबसको अबसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पुरस्कार वितरण , विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । विद्यालयका साहेक प्रधानाद्यापक छवि पंगेनीको स्वागत र शिक्षक डिल्ली पंगेनीको सचालनमा भएको हो ।


प्रकाशित : २०७८ फागुन ९ गते २१:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology