रामपुर फाँट सिंचाइ जलउपभोक्ता समन्वय समिति रामपुरले आफ्नो बाषिकउत्सव कार्यक्रम सम्पन्न गर्यो ।।

रमा भण्डारी
प्रकाशित : २०७८ फागुन १० गते १९:५५

रामपुर , पाल्पा फागुन १०
रामपुर फाँट सिंचाइ जलउपभोक्ता समन्वय समिति रामपुरले आफ्नो बाषिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष हिरण्यराज रेग्मीको अध्यक्षतामा भएको बाषिक उत्सव कार्यक्रमका मुख्य पाहुना लुम्विनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रि विर बहादुर राना रहनु भएको हो । कार्यक्रममा मुख्य पाहुना लुम्विनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रि रानाले कार्यक्रमको उद्रघाटन गदै रामपुर जस्तो उरर्भर भुमिमा नहर कै कारण यस क्षेत्रका जनताले राहत महसुस गरेको बताउनु भयो । १२ सय ३० हेक्टर क्षेत्रफल सिंचित हुदा रामपुरका २२ हजार भन्दा बेसि नागरीक लाभाम्वित भएको भन्दै नहर संचालनमा सबैको सहकार्य समन्वय हुनु जरुरी छ भन्नु भयो ।पद्धति सगै प्रबृति पनि परिवर्तन गर्नु पर्नै बताउनु भयो ।
कार्यक्रममा लुम्विनी प्रदेशका साम्सद युवराज खनालले रामपुर फाँट सिंचाइ जल उपभोक्ता समिति समाबेसि नभएको र समन्य नभएकाले समस्या भएको बताउनु भयो । सिंचाइ योजनाको काम लागि पनि आफुलाइ कसैले पनि सल्लाह तथा समन्वय नगरेको बताउनु भयो । कार्यक्रममा वहाले समन्वय विना सफल हुन नसकिनी भन्दै सबै मिलेर विकास निर्माणमा लाग्नु पर्नै बताउनु भएको छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा,उपप्रमुख विष्णु देवि घिमिरे आचार्य,रामपुर फाँट सिंचाइ जलउपभोक्ता समितिका सल्लाहकारहरु देवराज ढकाल ,कमलराज भट्टराइ ,लेखनाथ पोखरेल नेपाली काँग्रेसका प्रदेश सदस्य कल्प पौड्याल ,कृष्ण प्रसाद अधिकारी ,विष्णुमाया ढकाल डिभिजन सिचाइ कार्यलय पाल्पाका शकर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको हो । संस्थाका उपाध्यक्ष हमिद अलि मियाको स्वागतबाट शुरु भएको कार्यक्रममा बाषिक प्रतिबेदन अध्यक्ष रेग्मीले र आथिक प्रतिबेदन कोषाध्यक्ष मधु पाठकले पढेर सुनाउनु भयो ।कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराइ ,नेकपा एमाले नगर अध्यक्ष विष्णु प्रसाद रेग्मी ,नेकपा माओबादि केन्द्रका प्रतिनिधि पिताम्वर भट्टराइ ,नेकपा एकिकृत समाजबादिका नगर अध्यक्ष फणेश्वर गौतम शाखा नम्वर ५ का कोषाध्यक्ष हरि गैह्रे लगायतले बोल्नु भएको कार्यक्रममा निरन्तर संस्थामा काम गदै आउनु भएका कर्मचारी पुरुषोत्म अधिकारीलाइ सम्मान समत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लाइ मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रमको संचालन सचिव ओमप्रकास रेग्मीले गर्नु भएको हो । कार्यक्रम आफ्नै सस्थाको प्रङगणमा भएको हो ।


प्रकाशित : २०७८ फागुन १० गते १९:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology