हेक्लाङ्गको झम्माखोलामा झोलुङ्गे पुलको शिलान्यास ।

भरत सिंजाली
प्रकाशित : २०७८ फागुन १० गते २३:२८

फाल्गुन १० , हेक्लाङ , पूर्वखोला

पूर्बखोला गाउँपालिका वडा न ६ अन्तर्गत झम्माखोला भट्टीडाडा हेक्लाङ बाट रामपुर न पा वडा न १० जोड्ने झोलुङ्गे पुल निर्माणकार्यको पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई द्धारा शिलान्यास भएको छ । झलुङे पुलको शिलान्यास गर्दै उपाध्यक्ष भट्टराईले बर्षौ देखी दुख कष्ट गरि खोला तरेर मेलापात गर्नुपरेको यस भेगका जनताकालागी यस पुलले धेरै सहज हुने बताउनु भयो । उपाध्यक्ष भट्टराईले पालिकाले संघ, प्रदेश केन्द्र संग मिलेर स्थानीय सरकारले काम गरेको बताउनु भयो ।

झलुङ्गे पुल पूर्वखोला गाउँपालिकाको ०७८/७९को बजेट बाट ३ लाख ९९ हजार तीन सय २१ रुपैयाँ झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम केन्द्रिय अनुदान swap अन्तर्गत २३ लाख ८० हजार ५ सय ११ रुपैयाँ , जिन्सी सामान तथा अन्य सहयो बाट २ लाख ३० हजार ४ सय ४० रुपैयाँ र उ स को जनश्रमदान बाट ६१ हजार ४ सय ३४ रुपैया गरि जम्मा ३० लाख ७१ हजार सात सय ७ रुपैया बराबरको आर्थिक लागत रहने सो पुल २०७९ असार १५ भित्र सक्ने गरि इन्द्रेणी समाजको समन्वयनम उपभोक्ता समिती मार्फत काम हुन लागेको हो ।

सिलान्यास कार्यक्रम पूर्बखोलाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले रामपुर न पा र पुर्बखोला गा पा को बासिन्दाहरुकको बिकास र सुबिधाका लागी यस झोलुङ्गे पुल एक कोशेढुङ्गा साबित हुने बताउनु भयो ।
वडा न ६ का वडा अध्यक्ष मनबहादुर सारुले धेरै बर्ष को मेहनतले आज पुल निर्माण हुन लागेको बताउनुभएको थियो साथै यस पुल निर्माण पछि रामपुर न पा वडा न १० र पूर्वखोला गा पा को वडा न ६ का आम जनताहरुलाई मेलापात गर्न सहज हुने बताउनु भएको थियो
कार्यक्रममा पूर्वखोला गाउँपालिका योजना अधिकृत विनोद नेपाल , इन्जिनियर शिव शर्मा , सब इन्जिनियर बुद्ध अर्याल , प्राविधिक दुर्गा घर्ती लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम उपभोत्ता समितिका अध्यक्ष श्री प्रसाद घर्तीको अध्यक्षतामा समितिका सद्स्य तारा सिंजालीको स्वागत र भरत सिंजालीको संचालनमा भएको हो ।


प्रकाशित : २०७८ फागुन १० गते २३:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology