नेकपा एमालेको यूवा भेला तथा अन्तक्रिर्या कार्यक्रम वीरकोटमा सम्पन्न ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ फागुन १४ गते १८:५०

नेकपा एमालेको यूवा भेला तथा अन्तक्रिर्या कार्यक्रम वीरकोटमा सम्पन्न ।
पूर्बखोला गाउँ पालिका ५ बिरकोटको सभाहलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृसंगठन राष्ट्रिय युवासघको भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अथिती जिल्ला कमिटी पाल्पाका उप सचिव टीका थापाले राष्ट्रिय युवासंघ नेपालको काम , कर्तव्य , अधिकार र किन युवाहरु नेपाल कम्युनिस्ट एमाले पाटीमा नै लाग्नु पर्ने र सबै स्थानीयतहमा बिकासका पूर्बधार संगसंगै बृद्वा भत्ता , एकल महिला भत्ता , बालबालिका पोषण खाजा भत्ता र गर्ववती महिलाले पाउने सहुलियतका काम र कुराहरु नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकार हुदा भएको कुरा राख्नु भयो । पूर्बखोला गाउँ पालिका अध्यक्ष तथा जिल्ला कमिटी पाल्पाका सचिबालय सदस्य नुन बहादुर थापाले युवासंघमा प्रबेश गर्ने उमेर भनेको जिबनको महत्त्वपूर्ण उमेर भएकोले युवा देशका खम्बा हो त्यसैले राजनीति जान्नु पर्छ यो जानियन भने हरेक अधिकारको पक्षबाट पछाडी परिन्छ । युवा अबस्थामा नै सृर्जनात्मक काममा लागेर सुनेका , सिकेका र जानेका राम्रा कुराहरुलाई जे सम्भब छ त्यहि कामबाट भोलि होइन आजैबाट अहिले नै शुरु गरेर अगाडि बढ्यो भने अबश्य लक्ष्य र उदेश्य पूरा गर्नसक्ने कुरा राख्नु भयो । समाजको रुपान्तरण गर्न स्वास्थ ,शिक्षा र कृषि को बिकास नभए सम्म कुनै पनि बिकास हुन नसक्ने भएकोले समाज रुपान्तरण को लागि नेपाल कम्युनिस्ट पाटी एमाले सधै लागि परेकोले युबाहरुलाई ढुक्क भएर पाटीमा आबद्व रहेर काम गर्न आग्रह गर्नुभयो । भेलाले युवा संघको अध्यक्षमा जीत बहादुर सुनारी उपाध्यक्षमा बिष्णु कुमार श्रेष्ठ , सचिबमा खेम बहादुर सिंजाली , सहसचिबमा ज्ञान बहादुर सारु र सुदिप देंगा ,कोषाध्यक्षमा गोपाल काम्मु लगायतको ३३ सदस्य वडा कमिटी चयन गरेको छ । भेला पूर्बखोला गाउँ पालिका ५ बिरकोटका वडा कमिटी अध्यक्ष धन बहाहुर सिंजालीको अध्यक्षतामा कार्यक्रम चलेको हो ।


प्रकाशित : २०७८ फागुन १४ गते १८:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology