निस्दीको अर्चलेमा विविध कार्यक्रम सहित ४०औं मगर एकता दिवस सम्पन्न ।।

होम राई मगर
प्रकाशित : २०७८ फागुन १५ गते १७:३५

 

निस्दी,पाल्पा / १५ फागुन १५ ।                              निस्दी गाउँपालिका पाल्पा वडा नम्बर-६,अर्चलेमा ४०औं मगर एकता दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी मगरको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु मगरको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि सारु मगरले मगरहरुको सामाजिक तथा आर्थिक बिकासका लागि ध्यान दिनुपर्ने बताउनु हुँदै सांस्कृतिक सम्पत्ति संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा ६ नम्बर वडामा सरकारी सेवा सेवारत मगर कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यसैगरी वडाका २ जना बयोबृद्ध मगर नागरिक र विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुलाई गरीव तथा जेहेन्दार छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा लोपोन्मुख सात्दोबाटको सोरठी र चिदियाको सालैजो नाच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कार्यापालिका सदस्य मिम्श्री बयम्बु,समाजसेवी महेन्द्र बयम्बु,सम्मानित व्यक्तित्व नेपाल विद्धुत प्राधिकरण पाल्पाका सिनियर मिटर सिडर विवश सारु मगर लगायतकाले बोल्नुभएको थियो ।

वडा सदस्य कृष्ण बहादुर सोमैको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन होम राईले गर्नुभएको हो ।


प्रकाशित : २०७८ फागुन १५ गते १७:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology