मगर एकता दिबस वीरकोटमा भब्य रुपले सम्पपन्न।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ फागुन १५ गते २२:४५

वीरकोट , पाल्पा
मगर एकता दिबस वीरकोटमा भब्य रुपले सम्पपन्न।
पूर्बखोला गाउँपालिका वीरकोटले ४० अौ मगर एकता दिबस मनायो । कार्यक्रमका मुख्य पाहुना पूर्बखोलागाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले हामी सबैले ब्याक्तिगत रुपमा होस वा सामाजिक रुपमा चिन्ता होइन चिन्तन गरेर सृजनात्मक काम गर्नुपर्छ नेपालको सन्दर्भमा मगर जाति भनेको सिंगोफूलबारीको एउटा फूल मात्र हो । त्यसैले आआफ्नो सस्कृतिक र भाषा लोप हुन दिनु हुदैन । आफ्नो नराम्रा संस्कार रुदीबादी परम्परा , कमी कमजोरी हटाई राम्रा कुराहरु लोपहुन दिनु हुदैन भन्दै सबैलाई हस्तेमा हस्ते काधमा काध मिलाएर अगाडि बडोस भन्दै मगर एकता दिबसको शुभकामना दिनुभएको थियो । पूर्बखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले पाल्पा मगरहरुको बाहुल्यता बढी भएपनि स्थानीय स्तरमा नै अहिलेका पुस्ताले मगरभाषा नबोल्ने र नबुझ्ने भईसकेको भएको ले भाषा र पहिचान जोगाई राख्न पालिका स्तरबाटै पहल गर्नुपर्ने कुरा गर्नु भयो
लुम्बिनी प्रदेश नेपाल मगरसंघका सदस्य राज कुमार आलेले मगर हुनको लागि आफ्नो मगर भाषा र सस्कृतिक जान्न र सिक्नुपर्छ र बल्ल मगर हुन्छ भन्ने कुरा राख्नु भयो । गणपति माध्यमिक बिधालयका प्रधानध्यापक बिष्णु कुमार पल्लीले मगर भाषाबाटै समाजमा भएका मगर भाषा र सस्कृतिक नै हाम्रो सम्पति हो त्यसैले यसको जगेर्ना गर्नुपर्छ भन्नू भयो । । कार्यक्रममा वडा सदस्य याम बहादुर सारु , कृष्ण प्रसाद श्रेष्ठ , सावित्री थापा , पार्बती हिताङग् लगायतले शुभकामना दिनुभयो । मग्र दिबसको अबसरमा लोप हुन लाएको घाटु नाच , ठूलो नाच झामरे नाच जस्ता नाचहरुले रमाईलो गरेको थियो । मगर संघका वडा सचिब प्रेम बहादुर बारघरेको संचालनमा चलेको मगर एकता दिबस मगर संघका वडा अध्यक्ष वीर बहादुर सिंजालीको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०७८ फागुन १५ गते २२:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology