माथागढीमा ४० अाैं राष्ट्रिय मगर दिवस कार्यक्रम सम्पन भएको छ ।

मायाँ बस्याल
प्रकाशित : २०७८ फागुन १५ गते २३:०३

फागुन १५, माया बस्याल
माथागढी गाउँपालिकाकाे अायाेजनामा ४० अाैं राष्ट्रिय मगर दिवस कार्यक्रम गरिएको छ ।

ईतिहास ,भाषा ,धर्म सस्कृति सम्बद्धन मगर हरुकाे मूल मन्त्र सहित जातीय पहिचान र स्वयत्त शासन सहितको संघीय लाेकतान्त्रीक गणतन्त्र सहित ४० अाै राष्ट्रिय मगर दिवस कार्यक्रम माथागढी ३ कसेनी काे लखन थापा पार्क फूलबारीमा विविध कार्यक्रम सहित गरिएको छ।

कार्यक्रमका मुख्य अाक्रषणका रुपमा मगर संस्कृति झल्काउने निकै पुराना ठुलोनाच, घाटुनाच, सोरठी, झ्यौरे, कौह्रा घाटु, नचरी, सोरठी, मारुनी, रोदि, हुर्‍रा नाचगानले प्रस्तुति गरिएको थियो भने लोक बाजाहरुमा खैजरी, मादल, अलन्का, कुटकुटे, मचेटा, दुन्दी, डम्फु, दमाह, केतुकी बाजा छेलर जस्ता सामाग्रीले कार्यक्रमलाई निकै राेचक बनाएको थियोे । भने यी सामग्री प्रदर्शनीका रूपमा फूलबारी अामा समुहले सङ्ग्रह गरेर अाफ्नाे स्टलमा सजाउनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष लाेकेन्द्र थापाले ४० राष्ट्रिय मगर दिवसकाे शुभकामना दिदै सबैले कार्यक्रममा पूर्याउनु भएको सहयोगलाई धन्यवाद समेत दिनु भएको थियोे ।

कार्यक्रमका मुख्य केन्द्रविन्दु कार्यक्रम का प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले लाेप हुन लागेको मगर संस्कृति भाषा बचाउन तथा कला संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले सधैं जस्तै याे वर्ष पनि गाउँपालिकाले अाफ्नाे कार्ययोजना मै याे कार्यक्रम सङ्कलित गरेको र कार्यक्रम माथागढी ३ कसेनी सराई लखन थापा पार्कमा गरिएको याे कार्यक्रमले सबैलाई भेटघाट गराउने तथा कला संस्कृति जगेर्ना गर्नमा सकारात्मक साेचकाे विकास गर्ने बताउनु भएको थियो । थापाले सबै नागरिकहरु मिलेर अाफ्नाे कला संस्कृति बचाउन लाग्नुपर्ने कुरामा जाेड दिनु भएको थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले सबैलाई शुभकामना दिदै कला संस्कृति जाेगाउन सबैले गर्नु भएको प्रयासले गाउँपालिकाले छुट्टाएकाे कार्यक्रमले सार्थकता पाएकाे कुरा बताउनु भएको थियोे ।

गाउँपालिका प्रमुख प्रशासकीय तथा कार्यक्रमका विशिष्ट अतिथि दिनेश ज्ञवालीले सबैलाई शुभकामना दिदै कला संस्कृति जाेगाउन सबैले गर्नुभएको प्रयास निकै महत्त्वपूर्ण छ । पछिल्लो समयमा पुस्ता हस्तान्तरण सँगै सबै कला संस्कृति लाेप हुदै गएको अवस्थामा यस्ता कार्यक्रमले अाफ्नाे पहिचान सहित लाेप हुन लागेको भाषा कला संस्कृति एवम् भेषभूषालाई पनि महत्त्व दिने बताउनु भएको थियोे ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष तेज घर्ती मगरले जातीयता भाषा कला संस्कृति तथा खाना समेत मगर भए पनि लाेप हुदै गएको हुदा जगेर्ना गर्नका लागि एकजुट हुनुपर्ने पछिल्लो समयमा सबै लाेप हुन लागेको हुदा यस्ता कार्यक्रमले महत्त्व दिने कुरा बताउनु भयो ।

वडा नम्बर १ वडा अध्यक्ष शिव प्रसाद शर्माले शुभकामना दिदै कला संस्कृति जाेगाउन गरिएको कार्यक्रम निकै राम्रो रहेको र बेलाबेलामा यस्ता कार्यक्रम गरिनुपर्ने समेत बताउनु भएको छ ।
कार्यक्रममा माध्यमिक विद्यालय प्र अ नारायण प्रसाद अधिकारीले पनि कार्यक्रमकाे अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रम संयाेजक मान बहादुर रानाकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सञ्चालन संगीता थापा तथा खाेम बहादुर गाहाले गर्नुभएको कार्यक्रम वडा स्तरीय मगर संघ अध्यक्ष लाेकेन्द्र थापाको अध्यक्षता संम्पन भएको हो ।


प्रकाशित : २०७८ फागुन १५ गते २३:०३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology