सिलुवामा अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण ।

बिक्रम पंगेनी
प्रकाशित : २०७८ फागुन १८ गते १९:५२

१८फागुन २०७८
पूर्बखोला १ सिलुवामा अपाङ्गता भएका ब्यक्तिहरुलाइ न्यानो कपडा बितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्बखोला १ सिलुवाका कार्यवाहक वडा अध्यक्षले पालिकाले बिगत देखीनै प्रत्येक बर्ष अपाङ्गता भएका ब्यक्तिहरुको लागि फरक फरक कार्यक्रम ल्याउने गरेको र उक्त कार्यक्रम बाट प्रोत्साहित भएको साथै यस्तो कार्यक्रम बाट सम्बन्धित ब्यक्ती लाभान्वित भएको बताउनुभयो। कार्यक्रममा पुर्बखोला गाउँ कार्यपालिका सदस्य राजु परियार, बिक्रम पंगेनी आदिले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रम अपाङ्गता पुनःस्थापन उपभोक्ता समिती सिलुवाको आयोजना र पुर्बखोला गाउँपालिकाको आर्थिक सहयोगमा चलेको थियो।।
उक्त कार्यक्रम लालबहादुर बयम्बुको अध्यक्षता, बिष्णु प्रसाद पंगेनिको स्वागत मन्तव्य र हरि प्रसाद सिग्देलको सन्चालनमा सम्म्पन भएको थियो।।


प्रकाशित : २०७८ फागुन १८ गते १९:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology