जनकल्याण आधारभूत विद्यालयको ३० अौं वार्षिकोत्सब सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ फागुन २० गते २१:११

पाल्पा,वीरकोट,फाल्गुन २०
पुर्वखोला गाउँपालिका-५ ,आफरडाँडा स्थित जनकल्याण आधारभुत विद्यालयले ३० अौं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
कार्यक्रमका मुख्य पाहुना पुर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बालबालिकाहरु देखासिकी गर्न अभ्यस्त हुने हुँदा अभिभावकहरुले बच्चाहरूको अगाडी स्वस्थकर खानपान , मीठो बोलीबचन,सभ्य रहनसहन ,क्रियाकलाप गरेमा राम्रो बानी व्यहोरा सिक्ने बताउनुभयो । वडा अध्यक्ष धन बहादुर सिंजालीले विद्यार्थीहरुले मात्र नभई सबै शिक्षक शिक्षिकाहरुले समेत नियमित रुपमा विद्यालय पोशाक लगाउनुपर्नेमा जोड दिनुभयो कार्यक्रममा वडा सदस्य कृष्णप्रसाद श्रेष्ठ ,याम बहादुर सारु , पार्वती हिताङग्,गणपति माध्यमिक विद्यालयका शिक्षक गंगा बहादुर सारु ,लखन थापा प्राथमिक विद्यालयका शिक्षक विपल हुन्चिङ, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रधानाध्यापक मन बहादुर गाहाले ८६ लाख ५१ हजार ६५ रुपैयाँ बराबरको आय व्यय सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा विद्यालयमा १८ बर्ष पढाएर छोड्नुभएका शिक्षक जिन बहादुर सारुलाई रु. ५० हजार नगद र सम्मान-पत्रले सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिव बहादुर ठाडाक‍ो अध्यक्षतामा चलेको कार्यक्रम शिक्षक मनोज कुमार जर्घाले संचालन गर्नुभएको थियोे भने शिक्षिका सिमा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियोे ।


प्रकाशित : २०७८ फागुन २० गते २१:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology