निस्दी अर्चलेको अनेम संघको अध्यक्षमा सुनारी सर्वसम्मत

होम राई मगर
प्रकाशित : २०७८ फागुन २० गते २१:१४

निस्दी,पाल्पा । १७ फागुन २०७८ । अखिल नेपाल महिला संघ निस्दी-६,अर्चले,पाल्पाको अध्यक्षमा मिम्श्री सुनारी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

नेकपा एमाले समर्थित महिलाहरुको आज बसेको भेलाले सुनारीको अध्यक्षता १७ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा सुस्मिता बयम्बु,सचिवमा पुष्पा सारु र सहसचिवमा बिमला खनगाहा र सिर्जना खण्डलु र अन्यलाई सदस्य मनोनीत गरिएको हो । कार्यक्रममा जिल्ला कमिटी सदस्य मिम्श्री बयम्बुले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिनु हुँदै महिलाहरुको हक,हितका लागि आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी सचिब मेख बहादुर सुनारी,वडा कमिटी अध्यक्ष महेन्द्र बयम्बु लगायतकाले बोल्नुभएको थियो ।

सिर्जना राई खण्डलुको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन पुष्पा सारुले गर्नुभएको हो ।


प्रकाशित : २०७८ फागुन २० गते २१:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology