नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाको अध्यक्षमा मोहन सापकोटा

Kandara News
प्रकाशित : २०७८ फागुन २२ गते २२:४१

पाल्पा– नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाको १३ औं जिल्ला अधिवेशन तथा सम्मान कार्यक्रम तानसेनमा शनिवार भएको छ । अधिवेशनले दमकडा मावि तानसेनका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाको अध्यक्षमा नयाँ कार्यसमिति सर्मसम्मत चयन गरेको छ ।

 

अधिबेशनबाट उपाध्यक्षद्वय हिरा आचार्य , संगीता पाण्डेय ,सचिब हरि प्रसाद घिमिरे,कोषाध्यक्ष चुरामणी ढकाल, सह सचिब निरला शर्मा र सहकोषाध्यक्ष हिमा पोखरेल चयन हुनुभएको छ ।सदस्य हरु

जिल्ला अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक महासंघका निर्वतमान अध्यक्ष बाबुराम थापाले शिक्षकहरुलाई राज्यको उपेक्षाको कारण शैक्षिक समस्या बढ्दै गएको बताउनुभयो ।

अधिवेशनमा जिल्ला अध्यक्ष रामप्रसाद ढकालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हरी घिमिरेले आर्थिक, सचिव हिरा आचार्यले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनका अवसरमा शिक्षक तथा संगठनमा आवद्ध पूर्व शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।


प्रकाशित : २०७८ फागुन २२ गते २२:४१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology