गुणस्तर हिन खाद्य सामाग्री विक्रीहुन बाट सचेत गराउन रामपुर बजार अनुगमन ।।

रमा भन्डारी
प्रकाशित : २०७८ फागुन २४ गते ९:५४

गुणस्तर हिन खाद्य सामाग्री विक्रीहुन बाट सचेत गराउन रामपुर बजार अनुगमन ।।
चार जिल्लाको संगम व्यापारीक केन्द्र रामपुर बजारको सोमबार अनुगमन भएको छ । रामपुर नगरपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय पाल्पा र रामपुर उद्योग बाणिज्य संघ ,ईलाका प्रशासन कार्यलय ,ईलाका प्रहरी कार्यलय पत्रकार सहितको टोलीले रामपुर बजारको अनुगमन गरेको छ । रामपुर नगरपालिको उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको संयोजकत्वमा भएको बजार अनुगमनमा, इलाका प्रहरी कार्यलय रामपुरका प्रमुख भगवान भक्त अर्याल , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय पाल्पाका प्रमुख नरेश श्रेष्ठ,अन्य प्रतिनिधि,रामपुर उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल,इलाका प्रहरी कार्यलय रामपुरका प्रमुख भिम बहादुर कार्की पत्रकार समेतको टोलीले रामपुर बेझाडका एक दर्जन किराना पसलहरुको अनुगमन गर्दा गुणस्तर हिन तथा म्यादगुज्रेका खानी तेल,स्वाविन ,मह,विस्कुट,किसमिस लगायत दर्जन बढि सामान जफत गरी रामपुर नगरपालिका अगाडि नष्ट गरिएको छ । अनुगमनका क्रममा निर्माण मिति र कहिले सम्म खान योग्य छ भन्ने नलेखिएका सामाग्री हरु आगामि दिनमा नराख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय पाल्पाका प्रमुख नरेश श्रेष्ठले शुझाव दिनु हुदै खानी तेल लगायतका सामग्री नमुना परिक्षणका लागि समेत लैजानु भएको छ । साथै आइतबार खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी गोष्टी सम्पन्न गरेको हो ।


प्रकाशित : २०७८ फागुन २४ गते ९:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology