नारी दिवस पूर्वखोला गाउँपालिका रिङ्नेरहले विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

Kandara News
प्रकाशित : २०७८ फागुन २४ गते १८:४९

सामाजिक न्याय र लैङ्गकि समानता ; दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ पूर्वखोला गाउँपालिका वडा न ३ रिङ्नेरहमा टोल सफाई सहित अन्त्ररकृया सहित ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
पूर्वखोला गाउँपालिका वडा न ३ र नव प्रतिभा सहकारी संथाले व्यानर पप्लेट , सहित पूर्वखोलाको केन्द्र बृत्ता बजार परिक्रमा गरेर अन्त्रकृया सभा गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले नारी दिवसको अबसरमा मन्तव्य राख्दै महिला हरुले अबसर पाएको खण्डमा पूरुषले सरह काम गर्न सक्ने बताउनु भयो । भट्टराईले महिलालाई जिम्मेवार दिए पाएको जिम्मेवार पूरा गर्न महिला सक्षम रहेको बताउनु भयो । उहाले हरेक महिलालाई आफुमा भएको प्रतिभा र क्षेमतालाई बाहिर ल्याउन सामाजिक क्षेत्रमा अग्रसर भएर लाग्नु पर्ने बताउदै नारी दिबसको अबसरमा सबैलाई शुभकाना दिनु भएको थियो । कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराई , नेपाली काग्रेस पालिका सभापती विष्णु मायाँ आचार्य , अनेमसंघ अध्यक्ष रीता न्यौपाने ,नव प्रतिभा सहाकारी संथाका पूर्वखोला शाखाका प्रमुख अनिल लामा , सम्झना न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पूर्वखोला कार्यपालिका सद्स्य देवी सरा गाहाको अध्यक्षतामा वडा न ३ वडा सचिब गोमा पाण्डेको संचालनमा भएको हो ।


प्रकाशित : २०७८ फागुन २४ गते १८:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology