११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माथागढी ३ कसेनीले वक्तृत्वकला गरेको छ ।

मायाँ बस्याल
प्रकाशित : २०७८ फागुन २४ गते १९:१६

फागुन २४ गते
११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माथागढी ३ कसेनीले वक्तृत्वकला गरेको छ ।
फागुन २४ गते
माथागढी गाउँपालिका कसेनीले ११२ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बालविवाह न्युनीकरण गर्न स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

वडामा रहेका १५ वटा टाेलका महिलाहरुलाई सहभागी गराएर बालविवाह न्युनीकरण गर्न स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा १५ जना महिलाले बालविवाह हुदा महिला तथा पुरुष बालबालिका तथा समाजमा हुने समस्या चुनाैति साथै बालविवाह राेक्नलाई स्थानीय तहले गर्नुपर्ने जिम्मेवारी कर्तव्य जिम्मेवारी साथ र सहयोगका बारेमा अाफ्ना विषयबस्तुमा समावेश गराइ प्रतियोगितामा कुराहरु राख्नु भएको थियोे ।

कार्यक्रम का प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले शुभकामना मन्तव्य राख्दै नारी शाेषण दमन अन्त्य गरि महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको र सबै महिलालाई सम्मान गर्नुपर्छ भन्ने अान्दाेलन गरेको अन्तर्राष्ट्रिय नारी दिवसका दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । यस वर्ष माथागढी गाउँपालिकाले ८ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले अाज नारी दिवसका दिन सबै वडामा कार्यक्रम भईरहेका छन् महिला पुरुष एउटै हाैं भन्दा पनि कतिपय अवस्थामा महिलाले हिंसा भाेग्नु परेको समस्या छ त्यसलाई हटाउन स्थानीय तहले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियोे ।

कार्यक्रममा कार्यक्रमका तारा रसाइली र मनुमाया कुमालले शुभकामना मन्तव्य जाेड्दै संविधानकको नीति अनुसार स्थानीय तहको निर्वाचन स्थानीय सरकारमा महिला सहभागि भयौं स्थानीय तहमा महिलाको उपस्थिति बाक्लै देखिएपनी उनीहरुको कुरा कही पनि सुनुवाई नभएको दुखेसाे पाेख्दै अझै पनि निर्णायक प्रक्रियामा महिलालाई सहभागि नै नगराईने र सहभागी भए पनि उनीहरुको कुराको त्यहाँ कुनै महत्व नहुने साथै पुरुषले अझै पनि निर्णायक तहमा महिलाको अावाज बाहिर ननिस्केकाे बताउदै हामी कतै भाषण र टेबुल गफमा मात्रै सीमित भएको हाे कि भन्ने अावास भएको नमिठाे अनुभव समेत सुनाउनु भएको थियोे ।

कार्यक्रममा शुभकामना राख्दै दिव्य ज्याेति प्र अ नारायण प्रसाद अधिकारीले , महिला अभियान्ता विजया भट्टराई र शेष कुमारी ढकाल ,टिकाराम रानाल, महिला उत्थान वडा समन्वय समिति अध्यक्ष भृकुटी राना लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा १५ जना सहभागी मध्यबाट प्रथम हुन सफल चिन्तना चिदी , द्वितीय स्थान विमला राना, तृतीय स्थान सावित्री चिदी , सान्त्वना शान्ति राना हुन सफल हुनुभएको छ सबैलाई बधाई साथै सहभागी र प्रतिस्पर्धी पुरस्कार समेत वितरण गरिएको छ ।

कार्यक्रम कार्यवाहक अध्यक्ष अनिता दर्जीकाे अध्यक्षतामा कार्यालय सहायक सुकुमाया दर्जीकाे सञ्चालन तथा एवम् मेतिसरा रानाकाे स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हाे।


प्रकाशित : २०७८ फागुन २४ गते १९:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology