११२ औंबअन्तराष्ट्रिय महिला श्रमिक दिवस – २०७८ को उपलक्ष्यमा सरसफाई एवं बनभोज कार्यक्रम नगर अध्यक्ष कार्की को अध्यक्षतामा सम्पन्न।।

बिकास गैरे
प्रकाशित : २०७८ फागुन २५ गते ९:३२

फागुन २४ गते ॥नवलपरासी ॥ सुनवल
अखिल नेपाल महिला संघ क्रान्तिकारी सुनवल नगर समिति ले ११२ अौ अन्तराष्ट्रिय महिला श्रमिक दिवस को उपलक्ष्यमा सरसफाई एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ । २०७८/११/२४ का दिन सहिद बिष्णु पाण्डे स्मृति प्रतिस्ठान सुनवल ५ बन्कट्टि नवलपरासि मा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम नगर अध्यक्ष प्रतिभा कार्की क्षेत्री को अध्यक्षतामा समपन्न भएको थियो । कार्यक्रम को प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को केन्द्रीय सल्लाहकार लोक बहादुर श्रेष्ठ रहनु भएको थियो भने, अतिथिहरू लुम्बिनी प्रदेश प्रदेश सदस्य तथा नवलपरासी जिल्ला अध्यक्ष भबिश्वर तिवारी , लुम्बिनी प्रदेश प्रदेश सदस्य अडिक बि क , वाईसीएल जिल्ला ईन्चार्ज निर्मला के सि , जिल्ला सदस्य मिलन गुरूङ , नगर निवर्तमान अध्यक्ष वीर बहादुर बि क वाईसीएल नगर ईन्चार्ज समीर खान र प्रवास समन्वय समिति कार्यालय सदस्य मोहन कार्की क्षेत्री रहनु भएको थियो ।
कार्यक्रम अथिति को आसन ग्रहण संगै सहिद प्रति मौनधारण बाट सुरु भएको थियो भने स्वागत मन्तब्य बिण्णु खनाल ले गर्नु भएको थियो । विशेष गरि महिला अन्तर्राष्ट्रिय महिला श्रमिक दिवश हर्षउल्लास को साथ मनाईएको थियो । महिला हक अधिकार भएको दिन लाई अली फरक तरिकाले मनाइएक थियो । सहिद को सम्मानमा स्वोरुप सरसफाइ तथ बनभोज सहित नाचगान पनि गरिएको थियो ।।
कार्यक्रम मा सुनवल नगर समिति भित्र रहनुभएका सयौ महिलाहरू को उपस्थित रहेको थियो कार्यक्रममा सम्पूर्ण अतिथि, प्रमुख अतिथि हरू बाट महिलाहरु को -हित र अधिकार को बारेमा आआफ्नो धारणा राख्नु भएको थियो । अन्तमा कार्यक्रम को अध्यक्षता गरिरहनु भएकि अध्यक्ष कार्की ले महिला अझै हरेक क्षेत्रमा अगाडि बढ्नु पर्छ त्यो सामार्थ्य नारिहरु संग रहेको र आफुहरु तैयार पनी रहेको भन्दै सम्पूर्ण उपस्थिति र कार्यक्रम सफल बनाउन आर्थिक , नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्व हरूमा धन्यवाद दिदै सदैव सहयोग को अपेक्षा सहित कार्यक्रम लाई समापन गर्नुभएको  थियो ।।।। कार्यक्रम को सन्चालन महिला सुनवल नगर कमिटी की सह-सचिव गोमा आचार्य ले गर्नु भएको थियो
Open photo

प्रकाशित : २०७८ फागुन २५ गते ९:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology