नेपालकाे स्वाधिनताकाे रक्षाकाे लागि एमाले चाहिन्छ,एमाले सचिब बि.क.

Kandara News
प्रकाशित : २०७८ फागुन २७ गते २१:३०

तान्सेन ,पाल्पा
नेपालकाे स्वाधीनता, राष्ट्रियताकाे रक्षा साथै सुखी नेपाली समृद्ध नेपाल निर्माणकाे लागि नेकपा एमाले नेतृत्वको सरकार अावश्यक रहेकाे नेकपा एमाले केन्द्रीय सचिब छबिलाल बिकले बताउनुभयो ।
नेकपा एमाले तानसेन नगरकमिटीकाे सचिवालय बैठकलाई सम्बाेधन गर्दै सचिव बि.क.ले अाउदाे निर्वाचनमा एमालेले गरेका समाजबाद उन्मुख कामले गर्दा दिनदिनै एमालेमा प्रवेश गर्नेकाे सख्या बढिरहेकाे बताउनुभयाे । बैठकमा एमाले पाेलिटव्युराे सदस्य ठाकुर गैरे, दधिराम न्याैपाने, एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कंडेल, पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठकले सदस्यकाे कार्यविभाजन गर्दै, निर्वाचन केन्द्रीत संगठन बिस्तारका याेजनाहरु बनाएकाे छ । बैठकले मनमाेहन स्मृति दिवश हरेक वडावडामा मनाउने निर्णय गरेकाे छ भने शनिवार तानसेनमा युवा र रिटर्नीहरुकाे भव्य समाराेहका बिच अधिवेशन गर्ने निर्णय भएको तानसेन नगर अध्यक्ष गुरास अात्रेयले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ फागुन २७ गते २१:३०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology