आदिबासी जनजाती वीरकोटको आयोजनामा शिक्षक सेवा आयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ फागुन २८ गते २१:०७

शिक्षक सेवा आयोग तयारी कक्षा समापन भएको छ । पूर्बखोला गाउँ पालिका ५ बिरकोटको गणपति माध्यमिक बिधालयको सभाहलमा पुर्बखोला गाउँ पालिकाको आर्थिक सहयोग र नेपाल आदिबासी जनजाति वडा समन्वय समितिको आयोजनामा शिक्षक सेवा आयोगको लागि तयारी कक्षा सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम आज समापन भएको छ । शिक्षक सेवा आयोगका लागि तयारीमा रहनु भएका समपुर्ण प्ररिक्षार्थीहरुलाई केही सहज होस भन्ने उदेश्यले गाउँ पालिकाबाट लक्षित बर्ग अन्तरगत नेपाल आदिवासीजनजाती वाडालाई छुट्टायको रकमबाट यो कार्यक्रम गरेको हो । कार्यक्रमका मुख्य पाहुना पूर्बखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले आफू सफल हुनका लागि समाजलाई नै रुपान्तरण गर्दै जानुपर्छ समाजलाई परिबर्टन गर्न सकेमा मात्र देशलाई नै सत्यको राम्रो मार्गमा परिबर्टन गर्न सकिन्छ बल्ल आफू सफल भएको मानिने वताउदै आफू लामो सम्म शिक्षक पेशामा आबद्ध रहेकोले पूर्वखोलामा शिक्षामा केही फड्को मार्ने जनचाहानालाई पालिकाको सिङो टिम बाट दीर्घकालीन रुपमा देखिने काम गर्न सफल भएको बताउनु भयो । थापाले पालिकाले समग्र रुपमा पालिकाले एउटा गोरेटो फेरेर अघि बढेको बताउदै सबैलाई शिक्षक सेवा आयोगमा सबैलाई सफलता मिलोस भन्दै शुभकामना व्यत्त गर्नु भएको थियो । वडा अध्यक्ष धन बहादुर सिंजालीले सहभागीहरुलाई सफलताको शुभकामना दिनु हुँदै वडामा यस्तो कार्यक्रम हुदा खुसी लगेको बताउनु हुँदै सबैलाई सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा गणपति माध्यमिक बिधालयका प्रधानध्यापक बिष्णु कुमार पल्लीले शिक्षक जस्तो सबेदनशिल राष्ट्रलाई नै परिवर्तन गर्ने पेसा अंगालेर स्थायी हुने लक्ष्य र उदेश्य राखेर अगाडि बढीरहेको सहभागीहरुलाई सफलताको शुभ कामना दिनुभएको थियो । सहभागीहरूको तर्फबाट अनन्तराम पाण्डेयलेकार्यक्रम धेरै राम्रो भएको कुरा राख्नु भयो ।
पत्रकार सिमा श्रेष्ठले शिक्षक सेवामा सानो तिनो मेहेन्तले मात्र नपुग्ने सघर्ष गरिनै रनु पर्ने बताउनु भयो शिक्षक संगठनना नि बर्तमान अध्यक्ष तथा जनता मा .वि.का शिक्षक राम प्रसाद ढकाले सहजिकरणगर्नु भएको कार्यक्रममा नेपाल आदिवासीजनजाति वडा समन्वय समितिका सचिब प्रेम बहादुर बारघरेको संचालन र समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम चलेको हो ।


प्रकाशित : २०७८ फागुन २८ गते २१:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology