निस्दीको बाकालाङ्ग र ज्यामिरेमा अनेम संघ वडा कमिटी गठन

होम राई मगर
प्रकाशित : २०७८ फागुन २९ गते ७:३०

 

निस्दी,पाल्पा । २९ फागुन २०७८ । अखिल नेपाल महिला संघ निस्दी-१,बाकामलाङ्ग,पाल्पाको अध्यक्षमा मेक कुमारी राना सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

नेकपा एमाले समर्थित महिलाहरुको आज बसेको भेलाले रानाको अध्यक्षता ३५ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा नितीमाया सेचुरी,सचिवमा देउमाया सोती र सहसचिवमा गिरी सरा गाहा र धनमाया आले र अन्यलाई सदस्य मनोनीत गरिएको हो । यसैबीच ठग बहादुर नेपालीको संयोजकत्वमा १५ सदस्यीय उत्पीडित जातीय मुक्ति समाज समेत गठन गरिएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देबीलाल लामीछानेले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिनु हुँदै महिलाहरुको हक,हितका लागि आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी सचिब मेख बहादुर सुनारी,अनेम संघ निस्दी गाउँ कमिटीका अध्यक्ष तिरन कुमारी श्रेष्ठ लगायतकाले बोल्नुभएको थियो ।

यसैगरी वडा नम्बर-७,ज्यामिरेमा पनि भिम कुमारी पल्लीको अध्यक्षतामा २३ सदस्यीय अनेम संघ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा आनन्दी राना,सचिबमा अमृता दिशा र सहसचिवमा यानी सरा राना रहनुभएको छ ।


प्रकाशित : २०७८ फागुन २९ गते ७:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology