पूर्वखोलामा सुनौलो एक हजार दिनका आमा र बच्चा हरुलाई तरकारीको बीउ र लिटो वितरण

मायां राना
प्रकाशित : २०७८ चैत १ गते २०:०३

पूर्बखोला २ जल्पा स्वस्थ चौकीमा सुनौलो हजार दिनका आमा र बच्चाको लागि लिटो र तरकारी बीउ विजन निशुल्क वितरण गरिएको छ। सुआहारा कार्यक्रम र पूर्बखोला गाउँपालिकाको स्वास्थ्य शाखाको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा ६ महिना देखि २३ महिनाको बालबालिकाले २ पोका को दरले ५१ जनाले लिटो पाएको छन । बच्चाको आमा र गर्भवतीले जम्मा ७४ जनाले सिमी, बोडी, करेला, भिन्डी, फर्सि को बीउ पाएका छन्। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईले पोषणको महत्त्व लाई ध्यानमा राखी गाउँपालिका को सबै वडामा यो कार्यक्रम गर्ने रहेको रिङ्नेरह , हेक्लाङमा ,भैसकेको बताउनु भयो । उपाध्यक्ष भट्टराईले बालबालिका, स्वास्थ्य महिलाको क्षेत्रमा भाएका कामको बारेमा चर्चा गर्नु भयो। जल्पा स्वस्थ चौकी प्रमुख पदम दर्लामीले एक घर एक करेसा बारी नारा , लिएर आमाहरु लाग्नु पर्ने बताउदै विउविजन वितरण गरिएको तरकारीको विउ सही सदुपयोग भयो कि नै भनेर अनुगमन गर्ने थापाले बताउनु भयो । कार्यक्रमका अध्यक्ष नीर बहादुर सारुले स्वास्थ्यको क्षेत्रमा भएको कामको चर्चा गर्दै अहिले सम्म स्वस्थ चौकीको बर्थिङ सेन्टरमा ८३ जनाले सुरक्षित सेवा लिएको, बाहिर जाने रकम र समय बचत भएको, बताउनु भयो। हजार दिनका आमा , महिला स्वास्थ्यसंयमसेविका गरी ९० जनाको सहभागिता रहेको थियो। यसै अवसरमा कार्यक्रमका अध्यक्ष नीर बहादुर सारुले स्वास्थ्यको क्षेत्रमा भएको कामको चर्चा गर्दै अहिले सम्म स्वस्थ चौकीको बर्थिङ सेन्टरमा ८३ जनाले सुरक्षित सेवा लिएको, बाहिर जाने रकम र समय बचत भएको, बताउनु भयो। कार्यक्रम जल्पा वडा अध्यक्ष नीर बहादुर सारुको अध्यक्षतामा स्वास्थ्य चौकी प्रमुख पदम दर्लामीको संचालनमा भएको हो । 


प्रकाशित : २०७८ चैत १ गते २०:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology