बिरकोटमा एक हजार दिनका बच्चा र आमा हरुलाई तरकारीको बीउ र लिटो वितरण

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ चैत २ गते १८:३८

फाल्गुन २
एक हजार दिनका आमा र बच्चाको लागि लिटो तथा तर्कालीको बीउ बितरण कार्यक्रम बिरकोटमा सम्पन्न ।
पुर्बखोला गाउँपालिकाका ५ बिरकोट स्वास्थ्य चौकी भवनमा यो कार्यक्रम गरी वडामा रहेका सबै गर्बवती महिला र जन्मे देखि २ बर्ष सम्मका बच्चाका आमाहरुलाइ स्वास्थ र निरोगी स्मार्ट बच्चा बनाउनको लागि यो कार्यक्रम गरेको कुरा स्वास्थ संयोजक मोहन ढकालले जानकारी गराउनु भयो । मुख्य पाहुना पुर्बखोला गाउँपालिकनका अध्यक्ष नुन बहादुर थापाले पोषिलो र स्वास्थ्यकर खाना खान पायौ भने बच्चा र आमा स्वास्थ र फुर्तिलो भई पछि सम्म बलियो भएर समाजलाई नै परिवर्तन गर्न सकिन्छ । थापाले पढेर सर्टिपिगेट प्राप्त गरेर मात्र हुदैन।समाजमा रहेर राम्रोकाम गरेर ब्याबहारमा ल्याउन सके त्यो नै सर्टिपिकेट हो उहाँले स्वास्थ्यमा आएर आ आफ्नो समस्या राख्न सक्नु पर्छ भन्ने कुरा राख्नु भयो । पुर्बखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले एक घर एक करेसाबारी भन्ने उदेश्यका साथ गाउँपालिका अगाडि बढीरहेकोले सबैलाई स्वास्थ राख्न , ताजा तथा पोषिलो खाना खान र खुवाउन यो लिटो र बीउ बितरण गरेको कुरा राख्नु भयो । पुर्बखोला गाउँ पालिकाका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा रिङनेरह स्वास्थ प्रमुख श्रीराज आर्चाय , वडा सदस्य सावित्री थापा , सचिब पुर्ण चितौरे ले शुभकामना मनतब्य राख्नु भय‍ । बिरकोट स्वास्थ चौकीका प्रमुख रतना फालले गरेको संचालनमा फिल्ड सहायक सागर हिस्कीको स्वागत र स्वास्थ्य ब्याबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष धन बहादुर सिंजालीको अध्यक्ष्तामा चलेको हो ।


प्रकाशित : २०७८ चैत २ गते १८:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology