सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुको रिफ्रेसर तालिम विरकोटमा सुरु ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ चैत ३ गते २०:२९

सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि ३ दिने पुन ताजगी तालिम शुरु भएको छ ।पुर्बखोला गाउँपालिका ५ बिरकोट स्वास्थ्य चौकीको सभाहलमा भएको तालिममा पुर्बखोला गाउँ पालिकाका वडा नः (१ , ५ र ६ )का सिलुवा, बिरकोट र हेक्लाङका महिला स्वास्थ्य स्वयम् सेबिकाहरुलाई दिइएको हो ।

समुदायमा रहेका सबै महिला ,पुरुष ,नबजात शिशु देखी बृद्वासम्मको स्वास्थ्य प्रबर्द्धन गर्न स्वास्थ्य सुधारको लागि सहयोग गर्न ,सरसफाइ सम्बन्धि ज्ञानमा अभिबृद्वि गर्ने उद्देश्यले तालिम दिइएको हो ।

सामाजिक परिचालनका माध्यमबाट समुदायमा बृहत् स्वास्थ्य सेवाको प्रबर्द्वनका गर्ने उद्देश्यहरु राखीएको हो । तालीममा पुर्बखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकाल , रिङनेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्य र राष्ट्रिय ग्रामीण तथा सामुदायिक बिकास केन्द्रका तिल कुमारी रानाले सहजिकरण गर्नुभएको थियोे ।

 

पुर्बखोला गाउँपालिकाका स्वास्थ्य शाखाको आयोजनामा भएको तालिममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सिकाई कहिले पनि सकिँदैन कहिले पनि अन्य हुदैन भन्दै शिक्षा प्राप्त गर्ने कुरा त विद्यालय मात्र नभएर शिक्षाको पहिलो पाठशाला त घरपरिवार हो भन्नु भएको छ । प्रधानध्यापक आमा हो त्यसैले घरपरिवारबाटै राम्रो शिक्षा दिनुपर्छ उहाँले थप्नु भएको छ।

हामीले पाएको दु:ख कष्ठ पछिल्लो पुस्ताले नपाउन भनेर गाउँ पालिका बाटै स्वास्थ्य ,शिक्षा ,कृषि र,सड्क लाई पुर्बधार बनाई अगाडि बढी रहेछ । हामी सबैले रुदीबादी अन्धबिश्वासलाई त्यागेर बिज्ञान प्रबिधिको जमाना अनुसार चल्नु पर्नेकुरालाई जोड दिइएको थियो । पालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले बच्चा स्वास्थ राख्न मुख्य भुमिका आमाको रहने भएकोले आ आफुले जानेका सिकेका कुरालाई सिकाउन र ब्याबहारमा लागुगर्नु पर्ने कुरा राख्नु भयो ।

वडा महिला सदस्य साबित्री थापा, सचिब पुर्ण चितौरे र पोषण सहजकर्ता सागर हिस्की लगाएत अन्य ब्याक्तिहरुले कार्यक्रम सफलताको शुभकामना दिनुभयो । रिङनेरह स्वास्थ्य चौकीका प्रमुख श्रीराज आचार्यको स्वागतबाट शुरुभएको तालिम बिरकोट स्वास्थ्य चौकीका प्रमुख रतना फालको सञ्चालन र स्वास्थ्य संचालक तथा ब्याबस्थापकका अध्यक्ष तथा वडा अध्यक्ष धन बहादुर सिंजालीको अध्यक्षतामा चलेको हो


प्रकाशित : २०७८ चैत ३ गते २०:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology