नेकपा एमाले पुर्बखोलाको जनबर्गिय संगठनहरुको अधिबेशन सम्पन्न

डिल्ली राज पंगेनी / बिक्रम पंगेनी
प्रकाशित : २०७८ चैत ५ गते २२:३५

नेकपा एमाले पुर्बखोलाको जनबर्गिय संगठनहरुको अधिबेशन सम्पन्न
०५ चैत २०७८
डिल्ली राज पंगेनी / बिक्रम पंगेनी
नेकपा एमाले पुर्बखोला गाउँपालिका कमिटीको आयोजनामा चारवटा जनबर्गिय संगठन हरुको भेला एबम अधिबेशन सम्पन्न भएको छ।

उक्त भेलाबाट प्रेम दिसुवाको अध्यक्षतामा सदस्य राष्ट्रिय युबासंघ नेपाल पूर्वखोला कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा नारायण श्रेष्ठ ,सचिबमा माधव शर्मा ,कोषाध्यक्षमा ,सबिन घर्तीमगर सह सचिबमा छबिलाल बारघरे र भुपिन्द्र गाहा सहित ३५ सद्स्य कमिटि गठन गरेको छ ।
उत्त भेलाले अखिल नेपाल महिला संघ गठन गरेको छ। जस्को अध्यक्षमा भगवती राना , उपाध्यक्षमा इसरा देवकोटा ,सचिबमा समुद्रा भारती , कोषाध्यक्षमा सम्झना न्यौपाने सहसचिबमा ललिता दर्लामी र पार्वती हिताङ सहित ३५ सद्स्य अनेम संघ गठन गरेको छ ।

भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी राष्ट्रिय युबासंघका केन्द्रिय कमिटी सचिब तुल बहादुर अधिकारीले देशमा भएका राजनैतिक परिबर्तन युबा बिना सम्भब नभएको र हरेक परिवर्तनमा युबाको सहभागी रहेको बताउनुभयो।। युबा भनेको सृजनशिल शक्ति भएकोले देशमै जल जंगल र जमिनको उपयोग गरेर वैदेशिक रोजगार अन्त्य गर्नुपर्ने बताउनुभयो।। जनता र देशको पक्षमा काम गर्दै गरेको सरकारलाई बिदेशी हस्तक्षेपसहित हटाएर अप्राकृतिक गठबन्धन गराइ देश र जनताको हित बिपरित काम गरिरहेको समेत आरोप लगाउनुभयो।
कार्यक्रममा नेकपा एमाले प्रदेश सचिबालय सद्स्य नारायण प्रसाद आचार्यले एमालेको सरकाएर र अहिलेको सरकार हुदा विकास निर्माण तुलना गर्न नसिने बताउनु भयो । उहाले अहिलेको स्थानिय तहमा अधिकाम्स क्षेत्रमा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनु भयो । उहाले पालिका स्तरको कमिटिमा चुनिनु हुने सम्पुर्णमा सफलको कामना व्यत्त गर्नु भयो ।
कार्यक्रमा जिल्ला कमिटी सद्स्य एवम पूर्वखोला इन्चार्ज नुन बहादुर थापाले स्थानीय तहको चुनाब नजिकै आईसकेकाले पनि एमालाई जिराउन सबै कार्यक्रताको महत्वपूर्ण हात हुने बताउदै । गठबन्धन संग एमाले एक्लै सामाना गर्न सक्ने बताउदै विभिन्न कमिटिमा छानिनु हुने सम्पुर्णामा बधाई ज्ञापन दिदै सफल कार्यकालको शुभकाना दिनु भएको थियो ।
भेलामा नेकपा एमाले पूर्वखोला गाउँ कमिटी अध्यक्ष जीवन आचार्य , पूर्व इन्चार्ज इश्वरी प्रसाद आचार्य , जिल्ला कमिटि सद्स्य खेम सारु , कृष्ण प्रसाद भट्टराई लगायतले कार्यक्रममा निर्वाचित टिमलाई शुभकानम व्यत्त गर्नु भएको थियो ।

सोही अबसरमा प्रदिप सारुको अध्यतामा २४ सदस्यीय मदन भण्डारि स्पोर्ट्स एकेडेमी र हरि आचार्यको अध्यक्षतामा रिटर्नी फेडेरशन नेपालको पालिका कमिटी गठन गरेको छ।।

हरि आचार्यको स्वागत मन्तव्य, युवा संघ जिल्ला कमिटि सह सचिब निर्मल न्यौपानेको अध्यक्षता र कृष्ण पंगेनिको सन्चालनमा सम्पन्न भएको थियो।।


प्रकाशित : २०७८ चैत ५ गते २२:३५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology