मदनपोखरामा मिनि चुनाब ; गठबन्धन लाई हराउदै एमाले निकटले जित्यो अध्यक्ष

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ चैत ६ गते ५:३५

पाल्पा , तान्सेन
राडिचुडी खानेपानी उपभोत्ता समिती तानसेन ९ मदनपोखरामा आज भएको निर्वाचनमा नेकपा एमालेका उमेद्वार गणेश अर्याल बिजयी भएका छन् । अर्याल गठबन्धनका उमेद्वार मिन प्रसाद बन्जाडेले भन्दा १सय ७ मत धेरै ल्याएर बिजयी भएका हुन् ।
निर्वाचनमा बिजेता गणेश अर्यालले ४ सय ३४ मत प्राप्त गरेका छन् भने उपबिजेता मिन प्रसाद बन्जाडेले ३ सय २७ मत प्राप्त गरेका थिए र ५५ मत बदर भएको थियो । तानसेन ९ मदनपोखरा पूर्वमन्त्री तथा सांसद सोम प्रसाद पाण्डेयको वडा हो पाण्डेका नजिकका उमेद्वार मिन प्रसाद बन्जाडेलाई बिजयी बनाउन पाण्डेय लगायतका गठबन्धनका नेताहरु र बिजेता एमाले पार्टीका उमेद्वार गणेश अर्याललाई जिताउन नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेय लगायतका नेताहरु निवार्चन स्थलमै प्रसार प्रसारमा भेटिएका थिए । यो निर्वाचन पाल्पा जिल्लाकै गठबन्धन भर्सेष एमालेको प्रतिष्ठासंग जोडिएको थियो । जित संगै स्थानीयबासी तथा नेकपा एमाले तानसेन नगर अध्यक्ष आत्रेयले मदनपोखरामा एमालेका संगठीत बैचारिक कार्यकर्ताहरु रहेको र समुदायको बिकास निमार्णमा एमालेको अग्रता रहेकाले जित हासिल भएको बताउनुभयो । खानेपानी समितीको अन्य पदाधिकारी तथा सदस्यहरु यस अघिनै सर्वसम्मत भएको थियो । समितीको उपाध्यक्षमा कमल दर्लामी, सचिवमा नेत्र प्रसाद घिमिरे, कोषाध्यक्षमा कासिका गैरे निर्वाचित हुनुभएको छ ।


प्रकाशित : २०७८ चैत ६ गते ५:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology