रामपुर नगरपालिकाको प्रसासकिय भवन – गृहमन्त्री खाँण द्धारा उद्घाटन

Kandara News
प्रकाशित : २०७८ चैत ६ गते ५:५४

पाल्पा, नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रामपुर नगरपालिका नगर कार्यपालिका कार्यालयको नव निर्मित प्रशासकिय भवन समुद्घाटन गर्नु भएको छ । नगरपालिकाको आफ्नै लागतमा सम्पन्न भएको चार तले भवनको शनिबार उट्घाटन गर्नु भएको हो ।

भवनको उट्घाटन गर्दै मन्त्री खाणले आगामी बैशाखमा हुन लागेको स्थानिय तहको निर्वाचनमा सबै दललाई सहभागी हुने वातावरण गराउन सरकार लागि परेको बताउनुभयो । सानादलहरुलाई निर्वाचनमा भाग लिन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘आउनुहोस् स्थानीय तहमा निर्वाचनमा भाग लिनुहोस् । स्थानीय तहमा निर्वाचनमा भाग नलिएका दलहरुलाई सहभागी हुने बतावरण सरकारले बनाउने छ ।’निर्वाचनमा भाग लिईरहनु भएका दलहरु प्रति आभार व्यक्त गर्दै उहाँले स–साना दलहरुको अस्तित्वको रक्षाको लागि निर्वाचनमा सहभागीता जुटाउनको लागि सरकारले आवश्यक परेमा अध्यादेश पनि ल्याउने स्पष्ट पार्नुभयो । ‘स–साना दलहरु जस्ले पार्टीको मान्यता प्राप्त गरेको छैन । ति दल हरुलाई पनि निर्वाचनमा चुनाव चिन्ह दिन्छ भन्ने मलाई विश्वास छ , यदी आवश्यक पर्छ भने स–साना दलहरुको अस्तित्वको रक्षाको लागि निर्वाचनमा सहभागीता जुटाउनको लागि सरकारले आवश्यक परेमा अध्यादेश पनि ल्याउने छ ।’

निर्वाचनमा सहभागी नभएका दलहरुलाई समेट्नको लागि निरन्तर संवाद भैरहेको बताउँदै स्थानीय तहको निर्वाचन विकासको लागि महत्वपूर्ण माध्यम बनोस्, लोकत्रान्त्रिक मुल्य र मान्यतालाई सफल बनाउन आधारभूत स्तम्भ बनोस् भन्ने चाहाना रहेको स्पष्ट पार्नुभयो । ‘हिंसाको राजनितीलाई परित्याग गरेर, द्वन्दको राजनितीलाई विसाएर अन्य राजनैतिक दलहरु पनि शान्तिको मार्गमा आउनु हुनेछ भन्ने पनि विश्वास व्यक्त गर्न चाहान्छु ।’ खाणले थप्नुभयो ।

खाँणले सुरक्षा व्यवस्था पछिल्लो समय मजबुद भएको दावी गर्दै यस कार्यमा सहयोग गर्ने सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले प्रहरीहरुको मनोबल उच्च बनाउनका लागि थप कार्यक्रम ल्याउन लागेको स्मरण गराउनुभयो । उहाँले एउटा नेपालीले अर्को नेपालीको अस्तित्व स्वीकार गर्ने वातावरण तयार गर्नु नै सरकारको दायित्व रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले पहाडमा रहेका गाउँको विकास नहुँदा सम्म देशको विकास नहुने भन्दै पहाड मै विकास गर्नु प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो । रामपुर नगरपालिकालाई अघि बढाउन प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । एमसीसी सम्झौता विकास सम्झौता रहेकाले कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष एवं संविधान सभा सदस्य राधा कृष्ण कंडेलले विकासको लागि सहमति र सहकार्य खाँचो रहेको बताउनुभयो । विकासको लागि गति प्रदान गर्न राजनैतिक दलहरुको सामुहिक ध्यान दिन आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीले निर्वाचन संघारमा आएको बताउँदै महिलाहरु नेतृत्व लिनको लागि हिम्मत राखेर राखेर अघि बढ्न आग्रह गर्नुभयो । नगरपालिकाले गरेका कार्यको प्रशंसा समेत गर्नुभयो ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले युवाहरुलाई रोजगर र उत्पादन संग जोड्ने समय आएको बताउनुभयो । हिजोको रामपुर र आजको रामपुरमा धेरै भिन्नता रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य कमलराज भट्टराईले नगरपालिकामा प्रशासनिक भवन बाट सबै सेवा प्रवाह हुनु सुखद् कुरा रहेको बताउनुभयो । नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहकार लेखनाथ पोखरेलले जनताको मन जित्दै जान आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले भवन उट्घाटन संगै नेतृत्व पंक्ती उपस्थितिले ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मन्त्री खाणलाई शान्ति सुरक्षाको लागि ईलाका प्रहरी कार्यालयको स्तर उन्नती र सशस्त प्रहरी बलको बेस क्याम्प स्थापनानिर्वाचनमा भाग लिईरहनु भएका दलहरु प्रति आभार व्यक्त गर्दै उहाँले स–साना दलहरुको अस्तित्वको रक्षाको लागि निर्वाचनमा सहभागीता जुटाउनको लागि सरकारले आवश्यक परेमा अध्यादेश पनि ल्याउने स्पष्ट पार्नुभयो । ‘स–साना दलहरु जस्ले पार्टीको मान्यता प्राप्त गरेको छैन । ति दल हरुलाई पनि निर्वाचनमा चुनाव चिन्ह दिन्छ भन्ने मलाई विश्वास छ , यदी आवश्यक पर्छ भने स–साना दलहरुको अस्तित्वको रक्षाको लागि निर्वाचनमा सहभागीता जुटाउनको लागि सरकारले आवश्यक परेमा अध्यादेश पनि ल्याउने छ ।’

स्थापना सहित विकासका पूर्वाधार निर्माणको लागि माग पत्र प्रदान गर्दै नगरको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले कार्यक्रममा भवन निर्माणको बारेमा जानाकारी गराउँदै नगर भित्रका दुई वटा शाखा बाहेक अन्य शाखाले भवन बाट सेवा दिई रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख थापाको अध्यक्षतमा भएको कार्यक्रम उपप्रमुख विष्णु देवी घिमिरे आचार्यको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन योजना अधिकृत कपिल बहादुर खाँणले गर्नु भएको हो ।
कटुवाल खबर बाट


प्रकाशित : २०७८ चैत ६ गते ५:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology