निस्दी गाउँ पालिकामा युवा संघ गठन।

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०७८ चैत ६ गते २२:३१

चैत , ६/    निस्दी                         निस्दी गाउँ पालिका निस्दी पाल्पामा राष्ट्रिय युवा संघ निस्दी गाउँ कमिटी गठन भएको छ।
नेकपा एमाले निस्दी गाउँ कमिटी अध्यक्ष नर बहादुर सुनारी अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचीव तुल बहादुर अधिकारी रहनुभएको थियो ।
मुख्य पाहुना अधिकारिले कार्यक्रमको उद्दघाटन गर्दै संविधानले दिएको मौलिक अधिकारको सदुपयोग गर्दै सहज ढंगले जीवन यापन गर्न ,आर्थिक कारणले जालझेल गरेर बेचिएका नारिहरु र अन्य तुच्छ र अमानवीय व्यवहारबाट छुटकारा दिलाउन नेकपा एमालेमा आवद्ध भएकाछौ। उहाँले न्याय,समृद्धि ,राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सदैव लड्ने राष्ट्रिय युवा संघ नेपाल हो भन्दै देशका युवाहरुलाइ एक छाक मासु र भातमा लडाएर दक्षिणपन्थीलाई जिताएर देशको स्वाधीनता संकृती र सभ्यता बेच्न खोजिएको छ। त्यसैले अब एमालेलेलाई बोक्दै राष्ट्रिय सम्प्रभुता को रक्षा गर्ने जिम्मा राष्ट्रिय युवा संघ नेपालको काधमा आएको छ भन्नुभयो ।
यसै अवसरमा प्रदीप ज्ञवाली अध्यक्ष रहेको पैतिस सदस्यीय एक राष्ट्रिय युवा संघ निस्दी गाउँ कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्षमा प्रकाश राना,सचीव रोमन गाहा, सहसचिव जगत बाकाबल र धनमाया दिशुवा साथै कोषाध्यक्ष गिरिसरा गाहा रहेकोे छ।
नवगठित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मन्तव्य दिनेहरुमा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देबिलाल लामिछाने , जिल्ला कमिटी सचिवालय सदस्य एवं निस्दी इन्चार्ज दमन सि थापा पाटा ,युवा संघ जिल्ला कमिटी अध्यक्ष विष्णु आचार्य, जिल्ला कमिटी सदस्य निर्वाचन क्षेत्र न १ क सह संयोजक भुवन थापा लगायतले धारणा राख्नुभएको थियो।
निस्दी कमिटी उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ को स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन सचिव मेख बहादुर सुनारिले गर्नुभएको हो।


प्रकाशित : २०७८ चैत ६ गते २२:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology