धर्मपत्नीको सम्झनामा ; अधिकारी द्धारा पत्रकारिता अक्षकोष स्थापना

Kandara News
प्रकाशित : २०७८ चैत ७ गते १९:१८

यूवा संघ नेपालका केन्द्रिय सचिव तथा एमाले नेता तुल बहादुर अधिकारीले आफ्नी स्वर्गिय धर्मपत्नीको सम्झनामा प्रेस चौतारी नेपाल पाल्पा अन्र्तगत पत्रकारीता अक्षयकोष स्थापना गर्नुभएको छ ।

अधिकारीले जिवनसङ्गिनी स्व .प्रतिक्षा अर्याल अधिकारीको जन्मदिन तथा बैबाहिक बर्षगाँठको अवसरमा प्रतिक्षा अर्याल अधिकारी पत्रकारीता पुरस्कार स्थापना गर्नुभएको हो । अधिकारीले आफ्नी श्रीमती प्रतिक्षा भौतिक रुपमा टाढा भएको पनि करिव १० महिना पुग्न लागेको भन्दै हामी माझ भौतिक रुपमा संगै नभएपनि सम्झना र पारिवारिक जीवनमा तथा समाजमा गरेको योगदानलाई सधैँसधैँ स्मरण गरिरहन र सामाजिक सेवाभावको सम्मानका लागि सम्झना स्वरुप अक्षयकोष स्थापना गरेको बताउनुभएको छ ।

अधिकारीले ५५ हजार ५ सय ५५ रुपैंया बराबरको प्रतीक्षा अर्याल अधिकारी पत्रकारीता अक्षयकोष स्थापना गर्ने निर्णय गरेकार यसका लागि आवस्यक सरसल्लाह र सहजिकरण गरिदिनुहुन प्रेस चौतारी नेपाल पाल्पालाई अनुरोध गर्नुभएको छ । स्वर्गिय प्रतीक्षा अर्याल अधिकारीको कोभिड १९ का कारण २०७८ जेठ १६ गते निधन भएको थियो ।


प्रकाशित : २०७८ चैत ७ गते १९:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology