श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ

बिकश गैरे
प्रकाशित : २०७८ चैत ८ गते १०:०१

दोहा,कतार

रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बिदेशमा आउने श्रमिकले तत्काल अनुभुती गर्ने गरि परिवर्तन गर्ने बताउनुभएको छ ।

कतार भ्रमणको क्रममा सोमबार दोहा आईपुग्नु भएका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज कतारको सम्मान ग्रहण गर्दै यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले श्रम स्वीकृत लिने समय देखी बिमानस्थल सम्म भोग्ने झन्झट र अपमानजनक व्यबहार हालै हटाएको भन्दै आफू पदमा रहदा सम्म मजदुरको हितमा देखिने गरी काम गर्ने बताउनुभयो । श्रेष्ठले बिदेशमा आउने श्रमिक जोडिने सबै ठाउँ श्रमिक मैत्री बनाउने भन्दै कतार भ्रमणको क्रममा पनि कतार सङ्गको सन् २००५ देखीको श्रम सम्झौता थप मजदुरको हितमा हुने गरि परिमार्जन गर्न पहल गर्ने बताउनुभयो । तनुह जिल्लावासी रहनु भएका मन्त्री श्रेष्ठलाई छोटो समयमा श्रमिकको हितमा काम गर्न सफल भएको भन्दै संस्थाका प्रमुख सल्लाहकार तोयानाथ पौडेल र अध्यक्ष नारायण प्रसाद ढुंगानाले दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान गर्नुभएको हो । उहाँले प्रवासमा जिल्लावासी संगठित हुदै गृह जिल्लाको विभिन्न समाजिक गतिविधिमा सक्रिय रहेको भन्दा संस्थालाई आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत गर्दै संस्थाका प्रथम उपाध्यक्ष पदम गीरीले कतारमा तनहुँ सेवा समाजको स्थापना र सस्थाले गरेको विभिन्न गतिविधिका बारे जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण तनहुँ सेवा समाज कतारका महासचिव मिनराज वाग्लेले गर्नुभएको थियो ।


प्रकाशित : २०७८ चैत ८ गते १०:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology