रामपुर नगरपालिका वडा नम्वर ६ ले वडा विकास पुस्तिकाको विमोचन गर्यो ।।

रमा भण्डारी
प्रकाशित : २०७८ चैत १४ गते १२:१६

रामपुर नगरपालिका वडा नम्वर ६ ले वडा विकास पुस्तिकाको विमोचन गर्यो ।।
रामपुर पाल्पा

रामपुर नगरपालिका वडा नम्वर ६ को वडा विकास पुस्तिका एक कार्यक्रमका विच विमोचन भएको छ । रामपुर नगरपालिका वडा नम्वर ६ ले पाँचा वर्षको समयमा गरेका कामका बारेमा पाँच वर्षे यात्राका पदचापहरु नामक वडा विकास पुस्तिकाको विमोचन भएको हो । कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वडा विकास पुस्तीकाको विमोचन गर्नु भएको हो । कार्यक्रममा मुख्य पाहुना नगरप्रमुख थापाले मास्टर प्लान लिएर काम गर्ने हो भनि सोचे जस्तो काम गर्ने सकिन्छ भन्दै उदेश्य लिएर अगाडि बढ्न सबैलाइ आग्रह गर्नु भएको छ । वहाले विकास निर्माण देखि हरेक काम घोषणा पत्रमा भएका करीव ९० प्रतिशत काम पुरा गरि सकेको समेत बताउनु भएको छ । पर्यटकिय गन्तव्यको रुपले बढि चिनिएको वडा भएकाले पनि नगर गौरवको योजना भित्र वडा नम्वर ६ का पर्यटकिय क्षेत्र परेको भन्दै अझै थुप्रै काम गर्नु पर्ने पनि बताउनु भएको छ ।
कार्यक्रममा नगर प्रमुख थापाले शिक्षा ,स्वास्थ्य ,खानेपानी,जस्ता महत्वपुर्ण कार्यलाइ प्राथमिकतामा राखेर हरेक कामको वडा नम्वर ६ बाटै शुरुवात भएकोमा खुशि लागेको बताउनु भयो ।
वडा नम्वर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडाको परिचय सगै वडा विकास पुस्तिकाको बारेमा प्रश्ट पार्नु भएको हो । वडा सदस्य यम बहादुर भुजेलको स्वागतबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य कल्प पौड्याल,नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराई ,वडा सल्लाहकार सागर प्रसाद देवकोटा,सुन्दर प्रसाद देवकोटा,शहिद बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले,नेपाली काँग्रेसका वडा नम्वर ६ का सभापति गोविन्द देवकोटा,नेकपा एमाले वडाअध्यक्ष लोकनाथ ढकाल,जनमोर्चाका वडा अध्यक्ष बाबुराम गैह्रे र पुस्तिक प्रकाशन समितिका संयोजक लेखनाथ शर्मा मरासिनी लगायतले शुझाव सहितको आफ्ना भनाइ राख्नु भएको हो । कार्यक्रममा पुस्तिक प्रकाशन समितिहरु लेखनाथ मरासिनी,रमेश ढकाल,रामचन्द्र ढुगाना,बासुदेव ढकाल,बन्दना पोखरेल,इमानसि राना र दुर्गेश मल्ल रेखा कुमारी उपाध्याय,ओम प्रकाश बस्याल लगाएत लाई सम्मान पत्र र गलबन्दिले सम्मान गरेको हो । दरैठाटि मा वि को सभाहलमा वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव बासु देव ढकालले गर्नु भएको हो ।


प्रकाशित : २०७८ चैत १४ गते १२:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology