अब पूर्वखोलाको रिङ्नेरह बाटै भिडियो एक्सरे हुने

छवि पंगेनी
प्रकाशित : २०७८ चैत १४ गते १६:११

रिङ्नेरह स्वास्थ्य चौकी पुर्वखोला -३ पाल्पाले गर्भवती जाँचका लागि भिडियो एक्सरे तथा जनस्वास्थ्य प्रयोगशाला सेवाको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम का मुल पाहुना पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले रिवन काटेर कार्यक्रमको उत्घाटन गर्दै थापाले पूर्वखोला गाउपालिका स्वास्थ शाखा ले नागरिकको अधाधरभुत आवश्यकता स्वास्थ भएकोले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएको बताउनु भयो। रिङ्नेरह स्वास्थ्य चौकी बाट प्रदेश सरकार संग समन्वय गरेर भिडियो एक्सरे सहितको सुभारम्भ गरिको बताउनु भयो । थापाले प्रत्येक वडा मा ल्याव सहितको स्वास्थ्य संथा बाट दिईने अन्य सेवा हरुपनि थप्दै लैजान पहल गरिएको बताउनु भयो । भौगोलिकतालाई मध्य नजर गर्दै सामुदायिक स्वास्थ ईकाइ समेत स्थापना गरेको बताउनु भयो। कार्यक्रममा थापाले अब सदरमुकाम जाने समस्या हल भएको र नागरिकलाई सहज भएको बताउनु भयो ।
यो संगै गाउपालिकाको छिमेकी गाउँपालिकालाई समेत टेवा पुग्ने भएको छ। कार्यक्रममा पुर्वखोला गाउँपालिका निमित्त प्रशासकीय अधिकृत बिनोद नेपालले सेवा गुरुस्तरयुत्त बनाउन यस स्वास्थ्य संथा र कर्मचारीको महत्वपूर्ण भुमिका रहने बताउदै सेवा बाट यस क्षेत्रका नागरिक हरुलाई टेवा पुग्ने बताउनु भयो । पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले यस भिडियो एक्सरे सेवा बैशाख महिनाबाट पूर्वखोला गाउँपालिकाको सबै स्वास्थ्य चौकी मार्फत हप्ताको एक दिन सेवा दिने बताउनु भयो । कार्यक्रम रेड्क्रस पुर्वखोलाका प्रमुख हरि प्रसाद न्यौपाने , तीन कन्या प्रा.वि प्रधानाध्यापक पदम बहदुर थापा लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो। रन्जिता आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन रिङ्नेरह स्वास्थ्य चौकि प्रमुख श्रीराज आचर्यले गर्नुभएको थियो। कार्यक्रम पुर्वखोला गाउँपालिका वड नं-३ का वडा सदस्य हिरा बहादुर ढेंगाको अध्यक्षतामा चलेको हो।


प्रकाशित : २०७८ चैत १४ गते १६:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology