नेतृत्व बिकास तथा क्षमता अभिबृदि समबन्धि ३ दिने तालिम वीरकोटमा समापन ।।

सिमा श्रेस्ठ
प्रकाशित : २०७८ चैत १५ गते १६:२७

चैत १५ , वीरकोट
नेतृत्व बिकास तथा क्षमता अभिबृदि समबन्धि ३ दिने तालिम वीरकोटमा समापन भएको छ । पूपर्बखोला गाउँ पालिकाको आर्थिक सहयोगमा लक्षितबर्ग अन्तरगत छुट्टयायको बजेत बाट पुर्बखोला गाउँ पालिकामा रहेका सृजनशिल महिला नागरिक समूह बीरकोट पाल्पाले गरेको आयोजना वीरकोट वडा भवनमा भएको थियो

स्वास्थ्य , सुरक्षित गर्भपतन , कार्यक्रम संचालन , घटना दर्ता , कानुन तथा न्याय ,पोषण सम्बन्धी सहजीकरण भएको थियो । कार्यक्रमको सहजिकरण गणपती मा वि का प्र. अ विस्णु कुमार पल्ली , अधिवक्ता शान्ती बस्याल ,वीरकोट स्वास्थ्य चौकी प्रमुख रतना फाल वडा सचिब पूर्ण बहादुर चितौरे , पत्रकर सिमा श्रेस्ठ , प्रेम बहादुर बारघरे लगाएतले सहजी करण गर्नु भएको थियो ।
कार्यक्रमका मुख्य पाहुना पूर्बखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले महिलाहरुले आफै पुगेर आफैले देखेर निर्णय गर्न सक्ने यो समयमा पुरुषले मात्र होईन पुरुषलाई नै महिलाले नेतृत्व गर्न सक्ने क्षमताको बिकास हुनुपर्छ महिलाले नेतृत्व गरेर काम गरेर काम गर्न सकेयो भने बल्ल देशलाई परिवर्तन गरि अगाडि बढाउन सकिने बताउनु भएको थियो । थापाले समयको सदुपयोग गर्दै समय अनुसार रुदीबादी परम्परा त्यागी अगाडी बढ्नु पर्ने कुरालाई जोडदिनु भएको थियो । वडा अध्यक्ष धन बहादुर सिंजाली तथा वडा सद्स्य, टोल संययोजक हरुको उपस्थित रहेको थियो सहभागीको तर्फबाट मञ्जुला रसाईली ब्याक्तिहरुले यो प्रशिक्षण तालिम बाट थेरै नयाँ कुरा सिक्ने मौका मिलेको बताउनु भयो । समितिका सचिब इन्दिरा बारघरेको संचालन र अम्बिका थापाको स्वागत बाट शुरु भएको कार्यक्रम समितिका अध्यक्ष शान्ति सिंजालीको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७८ चैत १५ गते १६:२७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology