नेकपा एकिकृत समाजबादि चापाकोट नगर कमिटिको कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न।।

रमा भण्डारी
प्रकाशित : २०७८ चैत १५ गते १६:३१

नेकपा एकिकृत समाजबादि चापाकोट नगर कमिटिको कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न।

चैत १५ रमा भण्डारी रामपुर पाल्पा
नेकपा एकिकृत समाजबादि चापाकोट नगर कमिटिको आयोजनामा पाटि अफिसको उद्घाटन ,अगुवा कार्यकर्ता भेला तथा मोटरसाइकल र्रयाली सम्पन्न भएको छ । नेकपा एकिकृत समाजबादिका चापाकोट नगरकमिटिका अध्यक्ष सिताराम गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना नेकपा एकिकृत समाजबादिका केन्दीय सदस्य महेन्द्र थापा रहनु भएको हो । चापाकोट नगरपालिकाको दामाचौर बजारबाट शुरु भएको मोटरसाइकल र्रयाली सुन्तलीटार मा पुगेर पाटि अफिसको नेकपा एकिकृत समाजबादि का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराइले रिवन काटेर र केन्द्रिय सदस्य महेन्द्र थापाले बेलुन उडाएर उद्घाटन गरको हो । पाटि अफिसको उद्घाटन पछि चापाकोट मगर समुहको सभाहलमा कार्यक्रम भएको हो । नगर कमिटिका सचिव रेशम ढकालको स्वागत बाट शुरु भएको कार्यक्रममा नेकपा एकिकृत समाजबादिका केन्द्रिय सदस्य महेन्द्र थापाले बोल्दै समाज रुपान्त्रणमा अव समाजबादि अगाडि बढेको अहिले छोटो समयमै देशभर चिनिन सकेको भन्दै पाटि देशमा समृद्धि ल्याउन अगाढि बढेको बताउनु भयो । कार्यकर्ता हरुलाइ नआत्तीन पनि वहाले अनुरोध गर्नु भएको छ । कार्यक्रममा नेकपा एकिकृत समाजबादिका जिल्ला अध्यक्ष्ाँ रामचन्द्र भट्टराइ९ आर सि० ले बोल्दै २ तिहाइको सरकार ढलाएर साम्सद विघटन गर्नु लजास्पद भएको भन्दै अव ओलि देशैबाट पत्ता साव हुने दावि गर्नु भएको छ । कार्यक्रममा एकिकृत समाजबादिका केन्द्रिय परिषद सदस्य जगदिस गैह्रेले अव जनताले चिनी सकेका छन् त्यसैले छोटो समयमै नेकपा एकिकृत समाजबादिले संगठन विस्तार गरेको भन्दै अव स्थानिय चुनावलाइ सफल बनाउन सबै लाग्नु पर्ने बेला आएको बताउनु भयो ,लुम्विनी प्रदेश कमिटि सदस्य विनोद श्रेष्ठले पुजिबादि हरुको पाटि एमाले बनेको भन्दै दुखि गरिवहरुको साहारा बनेर कार्यकर्ताहरुलाइ उद्यमी बनाएर आथिक विकास गरेपछि मात्रै समृद्ध नेपाल बनाउन सकिने बताउनु भएको छ । जिल्ला कमिटि उपाध्यक्ष विष्णु गिरी,समाजबादि प्रेस संगठन जिल्ला अध्यक्ष रविन गोदारले जानकारी दिनु भएको छ । कार्यक्रमको संचालन अनेरास्वियु केन्द्रिय सदस्य मेघनाथ चापागाइले गर्नु भएको हो । कार्यक्रममा चापाकोट नगरकमिटिको ७५ सदस्य कमिटिले पनि पुर्णता पाएको छ , जसको अध्यक्षमा सिताराम गैह्रे,,उपाध्यक्ष भरत पंगेनी,मन बहादुर थापा,सचिव रेशम राज ढकाल,उप सचिवमा भिमलाल पुरी,सरीता ढकाल सुर्दशन घिमिरे र अन्य सदस्यमा रहनु भएको छ ।


प्रकाशित : २०७८ चैत १५ गते १६:३१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology