स्थानीय तह चुनाव ; पूर्वखोला गाउँपालिको अध्यक्ष को ?

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ चैत २३ गते २१:०१

पूर्वखोला गाउँपालिको अध्यक्ष को ? स्थानीय तहको चुनाव नजिकिए संगै चुनावि माहोल बड्दै गईरहेको छ । पूर्वखोला गाउँपालिकामा यस भन्दा अगाडिको स्थानिय तहकको चुनावमा एमालेले  पालिकाको सबै स्थानमा विजय हासिल गरेको थियो । पूर्वखोला गाउँपालिका यस पालिको चुनावमा एमाले अघिल्लो निर्वाचनमा भन्दा वढिमतान्तर सहित विजय हुने लक्ष्य राखेको पाईन्छ । यहाँ एमाले बाट उठ्नेको नै आगामि गाउँपालिको अध्यक्ष निश्चित जस्तै रहेको छ । चुनाव हो चुनावको परिणामले बताउला, पूर्वखोला गाउँपालिकामा एमालेबाट चुनाव जितेको अध्यक्ष नुन बहादुर थापा पुनः दोहोरीने संम्भावना रहेको देखिन्छ । पूर्वखोला गाउँपालिका अध्यक्ष रहनु भएका थापाले आफ्नो ५ बर्षे कार्यकालका अध्यक्ष बनेर काम गरि रहदा अपूरा रहेको कामहरु आफु पूनः दोहोरीए ति कार्यहरु सफल हुने  प्रकर्ट गर्नुु भएको छ । एमाले बाट उपाध्यक्ष बन्नुभएका भागरथी भट्टराई पनि अध्यक्ष बनेर काम गर्ने आकाङक्षि रहेको बुझिएको छ । त्यस्तै जिल्ला कमिटि संदस्य खेम सारुको पनि अध्यक्षमा आकाङक्षि रहेको बुझिएको छ । सारु शौक्षिक क्षेत्रमा सेवामा रहनु भएको छ । यस्तै युवा तथा नयाँ जोस भएकाले पनि नेकपा एमाले पालिका कमिटि अध्यक्ष जिवन आचार्यको पालिका अध्यक्षमा आकाङक्षि रहेको बुझिएको छ । युवाहरु लाई वडा अध्यक्ष मात्र नभएर पालिका अध्यक्षको समेत जिम्मेबार दिनु पर्ने माग सहित युवा पत्तिले पार्टिमा ज्ञापन पत्र समेत बुझाएको थियो ।

काँगेस पूुर्वखोलामा दोस्रो स्थानमा रहेको छ । काँगेस नेताहरु संग कार्यक्रताको गुनासो भनेकै चुनावको वेला मात्र गाउँ आउने हुदा नेतृत्व पंत्ति संग रुस्ट रहेको देखिन्छन् । यद्यपि गठबन्धन भएको खण्डमा पनि पूर्वखोला जित्न काँगेस लाई गाह्रो नै पर्ने देखिन्छन् । काँगेस बाट उमेद्यारको सम्भावना पूर्व अध्यक्षमा पराजय बेहोरेका झमन राज मगर , काँग्रेस पूर्व सभापति कृष्ण प्रसाद पौडेल पनि आकाङक्षा रहेकको बुझिएको छ । पौडेल लामो समय शिक्षा पेशामा रहनु भएको थियो । यस्तै विद्यार्थी राजनैतिक बाट राजनैति सुरुवात गर्नुभएका किशोर पंगेनी आकाङक्षा रहेको बुझिएको पाईन्छ त्यस्तै नेपालि कांगे्रस बाट पालिका सभापति भनेर चर्चा कमाउनु भएको विस्णु मायाँ आचार्य पनि अध्यक्षको उमेद्धारी को आकान्क्षि रहेको बुझिन्छ ।

माओवादी केन्द्र पुर्वखोलामा केही कमजोर रहेता पनि संक्रियताको हिसावले भने नेपालि काँग्रस भन्दा अगाडि देखिन्छ । माओवादी केन्द्र बाट अध्यमा तेजेन्द्र सिंजाली उमेद्धार हुने देखिन्छ उनि केन्द्रीय साम्सदमा चुनाव लडेका पनि थिए तर जित्न भने सकेनन् । यस्तै लामो समय गाविस सचिबको काम गर्नु भएका भिम बहादर सारु लगाएतको मामाओवादी केन्द्रबाट उमेद्धारीको आकान्छी रहेको बुझिएको पाईन्छ ।

 

नेकपा एसको प्रभाव भने पूर्वखोलामा खासै देखिन्न यद्यपि गठनन्धन भएको खण्डमा एसको प्रभाव प्रभाव भने पर्ने देखिन्छ ।  अन्य साना दलको भने चुनाब सामान्य प्रभाव बाहेक गौढ भुमिका देखिदैन तर साना दलहरुको व्यत्तिगत प्रभाव भने पार्न सक्ने बुझिएको छ ।


प्रकाशित : २०७८ चैत २३ गते २१:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology