समाज सुधार युवा कल्वको २५ औं बार्षिक उत्सवको अवसरमा भलिबल खेल सम्पन्न ।।

माधव पाण्डे
प्रकाशित : २०७८ चैत ३० गते ११:०५

समाज सुधार युवा कल्वको २५ अौ बार्षिक उत्सवको अवसरमा साविक वडा स्तरीय महिला , पुरूष र भु पु खेलाडी  भलिवल खेल सम्पन्न भएको छ ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारासहित समाज सुधार युवा कल्व पूर्वखोला -२ जल्पाको २५ अौ बार्षीक उत्सवको अवसरमा भलिबल खेल सम्पन्न भयको हो । पूर्वखोला गा पा जल्पा २ साकिनेमा अायोजना भयको साविक महिला, तथा पुरूष र भुपु खेलाडी हरुको छुट्टाछुटै भलिवल खेल सम्पन्न भयको छ ।

युवा कल्वको अध्यक्ष अन बाहादुर सरूको अध्यक्षता , प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य तुलराम घर्ती मगर प्रमुख अाथित्यतामा भएको कार्यक्रम संचालन डोल बहादुर वि.क. ले गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश सरकार को समन्यनमा पूर्वखोला गाउँपाको को प्राविधिक सहयोगमा १० लाखमा निर्माणकार्य भयको खेलमैदान लुम्बिनी प्रदेशका सामसद बसन्त घर्ती बाटखेलमैदान उध्घाटन भयको थियो । उद्घाघाटनको क्रममा खेलमैदान खेलाडी लाई निकै प्रभावकारी हुने बाताउनु भएको थियो । २४ गते देखि सन्चाल भयको खेलमा तीन क्षेत्रको ३५ टिम सहभागी भयको थियो पुरूष तर्फ फुरूङ्दी प्रथम पुरस्कार ३५ हजार नगद र मेडल पत्र , दोस्रो  समाज सुधार बाल कल्व २५ हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । साठीकोले तेस्राे पुरस्कार १५ हजार र मेडल प्रमाणपत्र प्राप्त गरेको थियो । महिला तर्फ झोकेदी प्रथम, साकिने दोस्रो र देविनगर तेस्रो भएको थियो । भु पु खेलाडी हरुको खेलमा साठिकोल प्रथम , द्धितृय देविनगर र ढोलिमाराले  तृतीय  पुरस्कार हात पारेको थियो ।


प्रकाशित : २०७८ चैत ३० गते ११:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology