पूर्वखोला गाउँपालिकमा दर्ता शिविर अर्खलडाँडा बाट सुरु

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख ४ गते १६:४५

बैशाख ४ , पूर्वखोला
पूर्वखोल गाउँपालिकामा घटन दर्ता शिविर अर्खलडाँडा बाट सुरु भएको छ । बैशाख ४ गते देखि बैशाख २० गते सम्म संचान हुने घटना दर्ता ( व्यत्तिगत घटना दर्ता र सामाजिक सुरक्षा) शिविर वडाको विभिन्न टोलमा हुने छ । शिविर उद्घाट गर्दै पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले
व्यत्तिगत घटना दर्ता घटना घटे संगै घटना दर्ता गरिहाल्नु पर्ने बताउनु भयो । उहाँले घटना दर्ता प्रक्रिया अनलाउन माध्यम बाट घटना दर्ता अभिलेख कार्यक्रम भैरहेको बताउनु भयो । अध्यक्ष थापाले हाम्रो नजिकको अहिलेको सरकार भनेको स्थानीय तह रहेको बताउदै नागरिकको आधारभुत सेवा हरु स्थानिय तह बाट नै भैरहेको बताउनु भयो । थापाले यस पूर्वखोला गाउँपालिका पूर्वखोलाको विभिन्न टोल टोलमा दर्ता शिविर आयोजना गरेको बताउदै शिविर बाट भरपुर सेवा सुविधा लिन सबैलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले व्यत्तिगत घटन दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम शिविर बाट सबैले सेवा लिई घटना दर्ता समयमै गर्नु पर्ने बताउनु भयो ।
दर्ता शिविर बैशाख ४ गते देखि २० गते सम्म वडाको विभिन्न टोल टोलमा हुने छ । कार्यक्रममा वडा सद्स्य प्रेम नारायण पंगेनी, जनउज्ज्वल आ. वि का प्रधानाध्यापक कृष्ण प्रसाद पंगेनी, वडा सचिव गोमा पाण्डे, लगाएतले उद्घाटन क्रममा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पंञ्जिकरण सेवा ईकाई फिल्ड साहेक शेर बहादुर थापा को स्वागत मन्तव्य , पंञ्जिकरण सेवा ईकाई फिल्ड साहेक सिमा देवी नेपालीको संचालन तथा वडा न ३ का कार्यवाहक वडा अध्यक्ष हिरा बहादुर ढेंगाको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७९ वैशाख ४ गते १६:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology