नेपाल पत्रकार महासंघ साखा कतार द्वारा इप्तार तथा नया वर्ष २०७९ को शुभकामना कार्यक्रम सम्पन्न ।।

बिकाश गैरे
प्रकाशित : २०७९ वैशाख ४ गते १८:३७

दोहा कतार

नेपाल पत्रकार महासंघ कतार साखाले इप्तार तथा नया वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न गरेको छ । 16 अप्रैल 2022 शनिवार का दिन आभा मन्जु रेस्टुरेन्टमा मा सो कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रम नेपाली रास्ट्रीय गित बाट सुरु भइ महासंघ का उपाध्यक्ष दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य द्दारा सहभागी सम्पुर्ण लाई स्वागत गर्नु भएको थियो भेने महासंघ का अनुसासन बिभाग प्रमुख दिप जङ्ग शाहा ले कार्यक्रम को वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम मा बोल्दै शाहाले कतारमा पत्रकारिता गर्दै गर्दा कतारको ल्याण्ड अफ ल लाई भने भुल्नै नहुने बताउनु भयो । बिशेष गरि खोज पत्रकारिता लाई प्राथमिकमा राखेर आगाडी बढ्न को लागि सहभागी नया पत्रकारहरुलाइ सुझाव दिदै नया वर्ष २०७९ तथा ईस्लामिक धर्मावलम्बीहरुको पबित्र महिना रमादान को शुभकामना दिनु भएको थियो ।

महासंघ कतार साखा का अध्यक्ष करिम बकस मिया को अध्यक्षता मा सम्पन्न भएको उक्त कार्यक्रम को प्रमुख अतिथि भने महासंघ कतार साखाका प्रमुख सल्लाहकार तिर्थ सङ्गम राई हुनुहुन्थ्यो। कार्यक्रम आफ्ना तितामिठा अनुभव शेर गर्दै अब सम्पुर्ण पत्रकारहरु एक भएर जानुपर्ने प्रमुख अतिथि राइले बताउनु भयो ।

अतिथिहरु सल्लाहकार क्रान्ति सिंह ,राम प्रसाद पराजुली र सिताराम थापा हुनुहुन्थ्यो ।
साखा कतारका निवर्तमान कोषाध्यक्ष भोला थापा क्षेत्री ले वेबसाईट को डिजाइन तैयार रहेको र सबै पत्रकारहरु लाई लेखन कार्यलाइ अगाडिबढाउन अनुरोध गर्दै अब छिट्टै सन्चालन मा पनि ल्याउने बताउदै वेबसाइट को सम्योजन पाने आफुलेनै गरेको कुरा प्रस्ट पर्नु भयो ।

कतार मा पत्रकारिता गर्नु एउटा अवसर पनि हो र चुनौतिपनी सङै रहेको ले कुनै पनि लेख रचना र फिचर समाचार बनाउदा कतार को कानुन लाई खलल नपुग्ने गरि लेख्नु वा बनाउनु पर्ने र पत्रकारिता को आचारसंहिता लाई पालना पनि गर्नुपर्ने शुझाव दिनु भयो । मेरो जीवन मा पत्रकारिताकै सिलसिलामा जेल जीवन बिताएको तितो अनुभव छ तेसैले कतारको कानुनलाइ ठेस पुग्ने गरि कुनै पनि समाचार नबनाउन बकस मियाले आग्रह पनि गर्नुभयो । अध्यक्ष मिया मियाले ईस्लामिक धर्मावलम्बीको पबित्र महिना रमादान तथा नेपाली नया वर्ष २०७९ साल को शुभकामना दिदै कार्यक्रम लाई औपचारिक समापन भएको घोषणा गर्नु भएको थियो ।।

उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ शाखा कतार का सचिव अर्जुन पौड्याल ले सन्चालन गर्नु भएको थियो ।।।


प्रकाशित : २०७९ वैशाख ४ गते १८:३७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology