एनआरएनए कतारले रमादानको शुभकामना आदानप्रदान सहित बृहत इफ्तार कार्यक्रम गर्ने

बिकाश गैरे
प्रकाशित : २०७९ वैशाख ४ गते २२:०२

 

दोहा,कतार

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले रमादानको शुभकामना आदानप्रदान सहित बृहत इफ्तार कार्यक्रम गर्ने भएको छ ।

यहि अप्रील २० तारिख बुधबार शार्क भिलेज दोहा नजिकै ओसिस बिच क्लबमा इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको अवसरमा शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि एवं पत्रकारहरुलाई उपस्थितिको लागी निमन्त्रणा गरिएको प्रवक्ता सन्तोष क्षत्रीले बताउनुभयो ।


प्रकाशित : २०७९ वैशाख ४ गते २२:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology