नेपाली काँग्रेस माथागढीले चिदीपानी बाहेक अन्य वडा को लगायो उम्मेद्बारी टुङ्गो

मायाँ बस्याल
प्रकाशित : २०७९ वैशाख ५ गते १८:५४

बैशाख ०४ , माथागढी
स्थानीय चुनाव नजिकै गर्दा विभिन्न राजनीतिक पार्टिले अाफ्ना स्थानीय चुनावका उमेदवार छनाैट गरि जिल्लामा तथा प्रदेशमा पठाउने निर्णय गरेका छन् ।

यसै कार्यलाई नेपाली कांग्रेस माथागढी को बैठक बसी बैठकले बैसाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्बाचनको लागि वार्ड न. २,३,४,५,६,७ र ८ बाट निर्बिरोध सिफारिस भएका र वार्ड न. १ तथा गा पा अध्यक्ष र उपाध्यक्षको नामावली सम्बन्धित प्रदेश सभामा सिफारिस गरी पठाउने निर्णय गरिएको छ । बैठकमा कोषाध्यक्ष राेशन खाम्चाको संयाेजकत्वमा १०१ सदस्यीय निर्बाचन परिचालन समिति, सचिब सुरेन्द्र ढेंगा को संयाेजकत्वमा १०१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति, तरुण दल माथागढी संयाेजक राजन बलालको संयाेजकत्वमा ५०१ सदस्यीय युवा परिचालन समिति, युवराज चिदीको संयाेजकत्वमा ७ सदस्यीय सुचना तथा संचार समिति, सुदर्शन रायमाझीको संयाेजकत्वमा भातृ तथा सुभेछुक संस्था परिचालन समिति गठन गरिएको छ ।

बैठक नेपाली काङ्ग्रेस गाउँपालिका सभापति दिपक थापाकाे अध्यक्षता र सचिब सुरेन्द्र ढेंगाको सन्चालनमा झडेवामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७९ वैशाख ५ गते १८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology