निस्दीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

धनबहादुर ठाडा
प्रकाशित : २०७९ वैशाख ८ गते १८:५१

निस्दीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन धनबहादुर ठाडा / ८ वैशाख , २०७९ , बिहीबार पाल्पा – निस्दी गाउँपालिका , पाल्पामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यालय उद्घाटन गरेको हो । निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ   पन्तले   निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रिया सम्बन्धि जानकारी गराउनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , उप अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो । निस्दी गाउँपालिकाको केन्द्र मित्यालमा भएको कार्यक्रममा पालिका स्थित राजनैतिक दलका प्रमुख , जनप्रतिनिधि तथा कर्मचारीको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ वैशाख ८ गते १८:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology