१ दिने व्यवसायीक बंगुर पालन सम्बन्धि अन्तक्रिर्या कार्यक्रम कसेनीमा सम्पन्न ।

मायाँ बस्याल
प्रकाशित : २०७९ वैशाख ९ गते २१:३८

बैशाख १० , माया बस्याल ,
१ दिने व्यवसायीक बंगुर पालन सम्बन्धि अन्तक्रिर्या कार्यक्रम कसेनीमा सम्पन्न ।

माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी र २ रुप्सेका बंगुर पालक व्यवसायीक कृषकहरुका बीच १ दिने अन्तक्रिर्या कार्यक्रम कसेनीकाे वडा कार्यालयमा भएको छ । समुदायले पशुपालन भनेसि सबै पाल्ने तर कुनैपनि कार्यमा सफल नहुने समस्या अन्त्य गर्नका लागि १ दिने व्यवसायीक बंगुर पालन तालिम सञ्चालन गरिएको हाे ।

तालिममा सहभागीले व्यवसायीता तर्फ त जाने तर बजारीकरण व्यापारकाे उचित मुल्य नहुदा कृषक मारमा पर्ने गरेको यसको लागि सम्बन्धित निकायमा पहल गरिदिनुहुन अनुराेध समेत गरेका छन् ।

कृष्ण प्रसाद न्याैपाने र विरेन्द्र कुवर पशु प्राविधिकले सहजीकरण गर्नुभएको कार्यक्रममा वंगुर कसरी पाल्ने, सुधारिएको खाेर निर्माण , स्याहारसुसार कसरी गर्ने त्यसको व्यवस्थापन कसरी गर्ने जस्ता विषयवस्तुमा केन्द्रित रहेर तालिम सञ्चालन गरिएको थियो । कार्यक्रममा समुदायका ५० जना कृषकहरुकाे सहभागीता रहेको थियोे ।

कार्यक्रम ३ नम्बर वडा कार्यालय कार्यालय सहायक सुकुमाया दर्जीकाे सञ्चालन तथा कार्यवाहक वडा अध्यक्ष अनिता दर्जीकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०७९ वैशाख ९ गते २१:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology