खाँणदेवी आधारभूत विद्यालयमा शिक्षक विदाई कार्यक्रम सम्पन्न

अमृत काम्मु मगर
प्रकाशित : २०७९ वैशाख १३ गते २२:३४

पाल्पा,वीरकोट
वैशाख १३
पुर्वखोला-५,कर्नेडाँडामा रहेको श्री खाँणदेवी आधारभूत विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा लामो समय अध्यापन गर्नुभएका अवकाश प्राप्त शिक्षकहरुको सम्मानमा आयोजित सो कार्यक्रममा बोल्नुहुँदै पुर्व प्रधानाध्यापक थर्क बहादुर काम्मुले आफुले विद्यालयको सर्वाङ्गीण विकासमा पु-याएको योगदानको चर्चा गर्नुहुँदै आफुबाट कमीकमजोरी भए त्यसलाई सुधारेर विद्यालयलाई अगाडी बढाउन हाल कार्यरत शिक्षक कर्मचारीहरुलाई आग्रह गर्नुभयो अर्का पुर्व शिक्षिका कुसुम कुमारी आचार्य सुवेदीले विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा प्रगति गर्दै गएको देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो । अविभावकहरुको तर्फबाट बोल्दै अविभावक अमृत काम्मुलेे विगतको विद्यालयको भौतिक अवस्था,शैक्षिक वातावरण लगायत विदाई हुने शिक्षकहरुसंगको आफ्ना अनुभवहरु बताउनुभएको थियोे ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष नुर बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक राधादेवी भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियोे भने सञ्चालन शिक्षक नीर बहादुर काम्मुले गर्नुभएको थियोे । स्मरण रहोस पुर्व शिक्षिका कुसुम आचार्यले २०५० सालदेखि २०७२ सम्म र पुर्व प्र.अ. थर्क बहादुर काम्मुले २०४६ सालदेखि २०७८ सम्म यस विद्यालयमा शिक्षण गर्नुभएको थियोे ।


प्रकाशित : २०७९ वैशाख १३ गते २२:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology