तानसेन मेयरका उम्मेदवार धनेन्द्र राज घिमिरेले मेयरमा विजेता भए आफुले पाउने तलब नलिने ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख १५ गते २१:१८

तानसेन मेयरका उम्मेदवार धनेन्द्र राज घिमिरेले मेयरमा विजेता भए आफुले पाउने तलब नलिने ।।
पाल्पा , तान्सेन
नेकपा एमालेको तर्फ बाट तानसेन नगरपालिका मेयरका उम्मेदवार धनेन्द्र राज घिमिरेले आफू तानसेन नगरपालिकाको मेयरमा विजेता भए आफुले पाउने तलब बराबरको रकम समाजको विकासका काममा खर्च गर्ने बताउनु भएको छ । प्रेस चौतारीको भित्तेपात्रो विमोचन कार्यक्रमको अवसरमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहनु भएका घिमिरेले तानसेनलाई पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउने साथै कुनै वेला शिक्षाको एउटा केन्द्र रहेको यस तानसेनलाई पून त्यही लयमा पुर्याउने लक्ष्य रहेको बाताउनु भयो । घिमिरेले तानसेनको २०७४ सालमा नेकपा एमालेले विजय हासिल गरेर गरेका राम्रो काम हरुलाई निरन्तरता दिने वताउदै । अझ उच्च तहम रहेर काम गर्ने बताउनु भयो ।

प्रेस चौतारीको भित्तेपात्रो विमोचन

प्रेस चौतारीको २०७९ सालको भित्तेपात्रो नेकपा एमाले पोलिटब्यूरो सद्स्य एमव पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैह्रे , नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्र राज घिमिरे , चौतारी केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज कमल राज तिमिल्सिना , नगर कमिटीका अध्यक्ष गुराँस आत्रे , चौतारी संथापक अध्यक्ष केशवराज नेपाल लगाएतको उपस्थितिमा भित्तेपात्रो विमोचन भएको हो ।

भित्तेपात्रो विमोचन कार्यक्रमका प्रमुख अतिथि ठाकुर गैरेले अहिले गठबन्धन समाज रुपान्तरणको वाधक तत्वको रुपमा रहेको बताउदै स्थानिय तहको निर्वाचन बाट आम नेपाली जनताले त्यस्ता तत्वहरुलाई पन्छाउने बताउनु भयो । उहाले पाल्पामा जितको सुरुवात भैसकेको बताउदै आगामी स्थानिय चुनावमा धेरै स्थानमा विजय सुनिश्चित रहेको बताउनु भयो ।

भित्तेपात्रो विमोचन कार्यक्रममा नेकपा एमाले पार्टी अध्यक्ष धनेन्द्र राज घिमिरे , प्रेस चौतारी केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सह इन्चार्ज कमल तिमिल्सिना लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम प्रेस चौतारीका सचिव नारायण न्यौपानेको संचालनमा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षताम भएको हो ।


प्रकाशित : २०७९ वैशाख १५ गते २१:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology