निस्दीमा पाटाको उम्मेदवारी फिर्ता

धन बहादुर ठाडा
प्रकाशित : २०७९ वैशाख १७ गते ८:३५

( निस्दीमा पाटाको उम्मेदवारी फिर्ता ) पाल्पा – निस्दीमा पालिका अध्यक्षका स्वतन्त्र उम्मेदवारी दमन सिंह थापा पाटाले उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाटाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । पाटाले गएको १२ गते स्वतन्त्रबाट पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको थियो । पाटाले आफु पार्टीको जिम्मेवारी पदमा रहेकोले पार्टीको नीति , सिद्धान्त र निर्णयलाई स्वीकार्दै उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ । साथै आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टी र उम्मेदवारहरुलाई जिताउन पुर्ण सहयोग रहने बताउनुभएको छ । पाटा नेकपा एमाले पाल्पा जिल्ला सचिवालय सदस्य एवं निस्दी इन्चार्ज हुनुहुन्छ ।


प्रकाशित : २०७९ वैशाख १७ गते ८:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology