स्थानिय तह निर्वाचन हिंसात्म बन्दै नेकपा एमाले रामपुर नगर कमिटिले निकाल्यो विज्ञप्ति

Kandara News
प्रकाशित : २०७९ वैशाख १८ गते २२:३१

रामपुर नगर कमिटी, पाल्पा

मिति ः २०७९÷०१÷१८
प्रेस विज्ञप्ती
यहि ०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीयय निर्वाचनको सम्बन्धमा नेकपा एमालेका नगर प्रमुख उपप्रमुख सहितका उमेद्वारहरुले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दै ०७९÷०१÷१८ गते विहान देखि वडा नं. १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा हुनुभएका त्यस टोलका दाजुभाई, दिदी बहिनी संग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डा सहितका १००–१२० को जत्था हात हतियार खुकुरी भाला समेत लिएका गुण्डाहरु त्यस ठाउँमा पुगी कालीगण्डकी करिडोर ८ सडकमा अकस्मात पुगी प्रचार प्रसारमा रहेका निहत्था एवं सामान्य व्यक्तिहरु चोलाकान्त कुमाल रानपा ८, मनोज उप्रेती रानपा १०, राजु श्रेष्ठ रानपा १०, गोविन्द श्रेष्ठ रानपा १०, कविता अर्याल रानपा ८, वैकुण्ठ खनाल रानपा १० लाई निर्मम प्रहार गरी ढलाउने, कुट्ने, पिट्ने हतियारले हान्ने समेत गरेको अवस्थामा प्रचारमा संलग्न एमालेका युवाहरुले सम्झाउन कोशिस गर्दा पनि उदण्डता देखाउँदै झनै आक्रामक बनेको, प्रचारमा रहेको एउटा बसको सिसा तोड फोड गरेको, मेयर उपमेयर उमेद्वार चढ्ने गरेको लु.वा.२०च५३९८ नं.को गाडी तोडफोड गरी सिसा फोरेको, ४ वटा मोटर साइकलहरु नराम्रोसंग क्षती पु¥याई निर्वाचन आचार संहिताको ठाडो उल्लङ्घन गर्दै अराजकता उदण्डता देखाई आतङ्कित गरी प्रचार प्रसार अभियानमा असर पु¥याउन यस घटनाको नेकपा एमाले घोर भर्तसना गर्दछ । यदि हाम्रो त्यहाँ हाम्रो पक्षको संयमता नभएको भए त्यो पक्ष पनि ठूलो क्षतिबाट बच्ने थिएनन् तर हाम्रो संयमतालाई कमजोर ठान्दै यस्तो घटना घटाएकाले पुरुषोत्तम के.सी. रानपा ४, राजु गुरुङ रानपा १०, आदेश राना रानपा ४, किरण मल्ल रानपा ४, कालु थापा रानपा ८, यम बहादुर (छुमे भन्ने) रानपा ८, कुल बहादुर घर्ती रानपा १०, सन्तोष गैरे रानपा ४, शिक्षक परशु राम पाण्डे रानपा १०, मनोज कनौजी रानपा ४ लगायतका भतियारहरुलाई कडा भन्दा कडा कारवाही तत्काल सम्बन्धित निकायबाट गर्न जोडदार माग गर्दछौं । साथै तत्काल क्षति पूर्ति गरी तोडफोड या क्षति भएका चीजहरु यथावत् स्थितीमा पु¥याउन जोडदार माग गर्दे अव आइन्दा यस्ता घटना नदोहोरियोस र दोहोरिएमा सह्य नहुने कुरा व्यक्त गर्दछौं ।


प्रकाशित : २०७९ वैशाख १८ गते २२:३१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology