रामपुरमा एमाले कार्यक्रता माथी आक्रमण

Kandara News
प्रकाशित : २०७९ वैशाख १८ गते २२:४८

पाल्पा । स्थानीय निर्वाचनको सम्बन्धमा नेकपा एमालेका नगर प्रमुख उपप्रमुख सहितका उमेम्वारहरुले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा आज शिकोडाँडामा नेपाली काग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन ।

विहान देखि वडा नं. १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाई, दिदीबहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला आक्रमण गरेका हुन् । नेपाली कांग्रेस पार्टीका चारतारे झण्डा, हात हतियार खुकुरी भाला सहित हेलमेट लगाएर आएका करिब एक सयको संख्यामा रहेको जत्थाले फिल्मी शैलीमा आक्रमण गरेको साम्सद युबराज खनालले जानकारी गराउनु भएको छ ।

नेकपा एमालेको चुनावी प्रचारप्रसारको क्रममा दिउँसो करिब ३ बजे कालीगण्डकी करिडोर सडकमा रहेका एमाले कार्यकर्तामाथि जाइलागेका भिडलाई रोक्ने क्रममा काँग्रेस कार्यकर्ताले आफुलाई आक्रमण गरेको मेयर पदका उम्मेदवारका बाहिनी कविता अर्यालले गुनसो गर्नुभयो ।
प्रचारमा गएको बसको सिसा तोडफोड गरेको, मेयर उपमेयर उमेद्वार चढ्ने गरेको लु २० च ५३९८ नं.को गाडी, ४ वटा मोटर साइकलहरुमा तोडफोड गरी निर्वाचन आचार संहिताको ठाडो उल्लङ्घन गरेको नेता टंकनाथ खनालले जानकारी दिनु भयो । एमालेको पक्षबाट संयमता नअफनाउको भए ठूलो दुर्घटना हुने नेता खनालको टिप्पणी छ ।

इलाका प्रहरी कार्यालय रामपुरले प्रहरी भन्दा पहिला तरुण दलका युवाहरु सो ठाउँमा पुगी सकेकोले घटना घटेको जानएको छ । तर एमालेले भने प्रहरीलाई धकलेर आक्रमण गरेको एमाले रामपुरले जनाएको छ ।
काग्रेसले भने एमाले आफू हरुको घर दैलो अभियान  विथोल्न खोजेको  झडप बएको बताएको छ ।


प्रकाशित : २०७९ वैशाख १८ गते २२:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology