पाल्पाली सेवा समाज कतार द्वारा सहयोग रकम हस्तान्तरण

बिकाश गैरे
प्रकाशित : २०७९ वैशाख १९ गते १४:५४

दोहा/कतार

पाल्पाली सेवा समाज दोहा-कतारले आकाश सारु मगर बचाऔं अभियान को लागि नेरु ५१,०००/ अक्षरुपि (एकाउन्न हजार) संकलन गरि हस्तान्तरण गरेको छ । समाज का अध्यक्ष महल के सि का अनुसार अभियान चलाएको छोटोे समयमै सो रकम हस्तान्तरण गरिएको थियो ।


मोटरसाइकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोटपटक लागेर घाइते भएका उनी अहिले पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन् ।

घाइतेका बुवा हिरा बहादुर सारु मगरले सम्पुर्ण सहयोगी मनहरुलाइ आफ्नो छोरालाइ नयाँ जीवन दानका लागि गरेको अमुल्य सहयोग प्रति विशेष धन्यवाद सहित आफु जीवन भर ऋणि रहेको बताए ।

कार्यक्रम मा बोल्दै नगर प्रमुख अशोक कुमार शाहिले भने,यसरिनै सदैव हामी सबै युनाइटेड भएर अगाडि भढ्ने हो भने आर्थिक अभाव का कारण  कोहि पनि बिरामी ले ज्यान गुमाउनु पर्दैन । उन्ले भने हाम्रो मन ठूलो र एकताबद्द हुनेहोभने बिकाश निर्माण को काममा समेत फड्को मार्न सकिन्छ ।

नगर पालिकाका समाजिक शाखाका शाखा प्रमुख भरत आचार्य, वार्ड-६ कि का.बा अध्यक्ष मैयादेवी घिमिरे, कुनसारे आधारभुत विधालयका प्र.अ. ईन्द्र बहादुर सारु मगर, सिर्जनशील समुहका सल्लाहकार रेवन्त सिङ्जाली मगर, दिब्य ज्योति उच्च माबिका शिक्षक सुरेस कुमार भट्टराई, संगम युवा क्लबका अध्यक्ष सुरेस थापा मगर, बुद्धिजीवी तथा समाजसेवी टेक बहादुर जिटी, रेडियो सामुदायिक मदन पोखराका संचारकर्मी तथा पत्रकार बिजय पौडेल विद्वान् तथा बुद्धिजीवी लगाएत स्थानीय समाजसेवी एवम् भद्र भलाद्मी हरुको उपस्थितिमा एक कार्यक्रम गरी प्रवासी हातेमालो युवा समुहका विधान मस्यौदा समितिका संयोजक समेत रहेका पाल्पाली सेवा समाज दोहा-कतारका सल्लाहकार सदस्य मीन बहादुर सारु मगरले घाइतेलाइ सिघ्र स्वास्थ लाभको कामना गर्दै उक्त संकलित रकम घाइतेका बुवा हिरा सिङ सारु मगर लाई हस्तान्तरण गरेका हुन ।

 

प्रवासी हातेमालो युवा समुहका अध्यक्ष मान बहादुर सिङ्जाली मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि तानसेन नगर पालिकाका नगर प्रमुख अशोककुमार शाही थिए ।

कार्यक्रम टीका बहादुर न्यौपानेले सहजीकरण गरेका थिए ।


प्रकाशित : २०७९ वैशाख १९ गते १४:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology