पूर्वखोला गाउँपालिका वडा न २ मा जल्पामा नेकपा एमालेको प्यानलनै विजय ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख ३१ गते २१:०६

पूर्वखोला गाउँपालिका वडा न २ मा जल्पामा नेकपा एमालेको प्यानलनै विजय ।
स्थानिय तह निर्वाचन यही ३० गते सम्मन्न भएको थियो पूर्वखोलामा ३० गते राती १ बजे देखि नै पूर्वखोला गाउँपालिका १ सिलुवाको मत गणना सुरु गरेको थियो । यस अघि पूर्वखोलामा सिलुवा वडा नेकपा एमाले विजय हासिल गरेको थियो जल्पामा जम्मा १४७० मत खसेको थियो । जसमा वडा अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवार दिनु भएका नीर बहादुर सारुले८ सय ५२ मत ल्याई बिजय बन्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल रानाले ५ सय २९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वडासद्स्यमा नेकपा एमालेकै खेम बहदुर घर्ती ,दल बहादुर राना , भिमिसरा आले( निर्विरोध ) , बामरी सार्की पूर्ण बहादुर गाहा, विजय हासिल गर्नु भएको छ । पालिका सिलुवा र जल्पाको मत गणना अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिनु भएका नुन बहादुर थापाले २ हजार २ सय ८५ मत र गठबन्धन को तर्फ एसका मीन प्रसाद गीरीले ६ सय २५ र मंगोलका मोहोन सिं सारुले १२६ मत र जसपाक विपिन सारुले ११८ मत प्राप्त गर्नु भएको छ । पालिका उपाध्यक्षमा भने नेकपा एमाले बाट उम्मेदवारी दिनु भएको भागरथी भट्टराईले २ हजार ३ सय ३८ मत ल्याउनु भएको छ भने गठबन्धन बाट चुनाब लड्नु भएका नेपाली काँग्रेस पालिका कमिटी सभापती विष्णु माया आचार्यले ९ सय २९ मत प्राप्त गर्नु भएको छ । केही बेरमा पूर्वखोला गाउँपालिका वडा न ३ को मत गणना गरिने निर्वाचन अधिकृत को कार्यालय पूर्वखोलाले जानकारी गराएको छ । पूर्ण बदर मत हाल सम्म वडा न १ सिलुवा बाट ३८ वडा न २ मा १९ जम्म ५७ मत बदर भएको छ ।


प्रकाशित : २०७९ वैशाख ३१ गते २१:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology