पूर्वखोला गाउँपालिका वडा न ४ देवीनगरमा नेकपा एमालेको प्यानलनै विजय ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ जेठ १ गते १०:५३

पूर्वखोला गाउँपालिका वडा न ४ देवीनगरमा नेकपा एमालेको प्यानलनै विजय ।
स्थानिय तह निर्वाचन यही ३० गते सम्मन्न भएको थियो पूर्वखोलामा ३० गते राती १ बजे देखि नै पूर्वखोला गाउँपालिका १ सिलुवाको मत गणना सुरु गरेको थियो । यस अघि पूर्वखोलामा सिलुवा , जल्पा र रिङ्नेरह वडामा नेकपा एमालेले प्यान सहित विजय हासिल गरेको थियो । देवीनगरमा जम्मा १३२५ मत खसेको थियो । जसमा वडा अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवार दिनु भएका मेहेर सिं थापाले ८सय २०मत ल्याई बिजय बन्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवराज श्रेष्ठले ४ सय ३९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वडासद्स्यमा नेकपा एमालेकै भुवन सिंजाली ,रविन श्रेष्ठ ,रेवती घर्ती ,लक्ष्मी बि.क.ले विजय हासिल गर्नु भएको छ । पालिका सिलुवा र जल्पाको रिङ्नेरको मत गणना अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिनु भएका नुन बहादुर थापाले ४हजार १ सय २४ मत र गठबन्धन को तर्फ एसका मीन प्रसाद गीरीले ९सय ४२ र मंगोलका मोहोन सिं सारुले १४५ मत र जसपाका विपिन सारुले ११८ मत प्राप्त गर्नु भएको छ । पालिका उपाध्यक्षमा भने नेकपा एमाले बाट उम्मेदवारी दिनु भएको भागरथी भट्टराईले ४ हजार २९ मत ल्याउनु भएको छ भने गठबन्धन बाट चुनाब लड्नु भएका नेपाली काँग्रेस पालिका कमिटी सभापती विष्णु माया आचार्यले १ हजार ६ सय ५० मत प्राप्त गर्नु भएको छ । पूर्ण बदर मत हाल सम्म वडा न १ सिलुवा बाट ३८ वडा न २ मा १९ वडा न ३ मा १३ वडा न ४ बदर २२ गरि हाल सम्म पूर्ण बदर ९२ मत रहेको छ ।


प्रकाशित : २०७९ जेठ १ गते १०:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology