निस्दीको बाकामलाङ्गमा एमालेको प्यालनै विजयी

होम राई मगर
प्रकाशित : २०७९ जेठ १ गते ११:२९

निस्दीको बाकामलाङ्गमा एमालेको उम्मेदवार बिजयी

होम राई मगर

निस्दी,पाल्पा / १ जेठ आइतबार । निस्दी गाउँपालिका वडा नम्बर-१,बाकामलाङ्ग,पाल्पामा नेकपा एमालेका उम्मेदवारहरु प्यानल सहित बिजयी भएको छ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य-२०७९ निर्वाचनको मत गणनामा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार याम बहादुर रानाले ७३५ मत सहित बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर खाँडले ६९७ मत प्राप्त गरेका थिए । खाँड गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्यानल सहित बिजयी भएका हुन् । जम्मा १ हजार ५०६ मत खसेको बाकामलाङ्गमा गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार मुक्त बहादुर सारुलाई ७५५ मत उपाध्यक्ष पदका उम्मेदवार तिरन कुमारी अर्याललाई ७४७ मत प्राप्त भएको छ । त्यसैगरी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार गोविन्द प्रसाद अर्यालले ६८४ मत गठबन्धनबाट उम्मेदवार बनेका उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका राम बहादुर खत्रीले ८२ मत प्राप्त गरेका छन् ।

सर्वदलीय बैठक ढिलो गरि बसेका कारण मतगणना केही ढिलाइ भएको निस्दीमा अहिले मतगणना कार्य भइरहेको छ ।


प्रकाशित : २०७९ जेठ १ गते ११:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology