पूर्वखोलाका नव निर्वाचित जन प्रतिनिधि संग पत्रकार भेटघाट कार्यक्रम पूर्वखोलामा सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ जेठ १३ गते ०:०३

पूर्वखोलाका नव निर्वाचित जन प्रतिनिधि संग पत्रकार भेटघाट कार्यक्रम पूर्वखोलामा सम्पन्न ।

बोली खबर र कन्दरा न्यूजको आयोजनामा पूर्वखोलाका नव निर्वाचित जन प्रतिनिधि संग पत्रकार भेटघाट कार्यक्रम पूर्वखोलामा सम्पन्न भएको छ ।
भेटकाट कार्यक्रमका मुख्य पाहुना लुम्बिनि प्रदेश सभा सदस्य तथा नेकपा एमाले पूर्व जिल्ला अध्यक्ष नारायण प्रसाद आर्चाले जन प्रतिनिधि संग पत्रकार भेटघाट कार्यक्रममा स्थानिय तहको निर्बाचन पछिको मतगणनाको करिब करिब अन्तिम मत परिमाण नेकपा एमालेको अरु दलले भन्दा लोक प्रिय मत प्राप्त गरको बताउदै स्थानिय तह संख्यामा दोस्रो स्थानमा रहेको रहेको बताउनु भयो । आर्चायको पुर्वखोला गृह पालिका समेत रहेकोले पूर्वखोलाको विकासमा सदैव लागि परेको बताउदै पुर्वखोलामा गाउँपालिकालाई २०७४ सालको स्थानीय तहको निर्बाचनमा प्रतिपक्ष विहिन रहेको स्मरण गदै २०७९ सालमा पनि प्रतिपक्ष विहिन भएको बताउदै अन्य पार्टिमा आस्था राख्नेहरु प्रती काम गर्ने क्रममा कुनै विभेत नगरेको बताउनु भयो । पूर्वखोला गाउँपालिका ग्रामिण क्षेत्र भएकाले स्थानिय तहको पहिलो प्राथमिक मोटरबाटोलाई प्राथमिकमा राखेर काम गरेको र पूर्वखोलालाई अन्य जिल्ला र स्थानिय तह संग जोड्ने सडक संजालले जोडेको बताउनु भयो । साम्सद आचार्यले पूर्वखोलाका विभिन्न खोलाहरुको विभिन्न ठाउँमा पुलहरु निर्माण गर्न सफल भएको बताउनु भयो । आचार्यले कृषिमा , आत्मनिर्भर ,कोविड निर्यन्त्रण मा पनि पूर्वखोलाले मह्तवपूर्ण भुमिका निर्वाह खेलेको बताउनु भयो । साम्मसद आचार्यले पूर्वखोलाको विभिन्न ठाउँमा हाईडम निर्माण गर्न लागिपरेको बताउदै रामपूर र निस्दीलाई समेत हुने गरि पूर्वखोलामा रिचार्ज ड्याम स्थापना गरि तिक्षेत्रमा समेत टेवा पू¥याउने गरि काम गर्न लागेको बताउनु भयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका नव निर्वाचित अध्यक्ष नुन बहादुर थापाले २०७४ सालमा पूर्वखोला गाउँपालिकाको अध्यक्षमा विजय भै सकेपछि “शिक्षा, स्वास्थ्य, सडक, कृषि पर्यटन सहितको आधार पूर्वखोला विकासको आधार ”सहितको नारा निर्माण गरि समृद्ध पूर्वखोला निर्माण गर्न लागि परेको बताउनु भयो । पूर्वखोला गाउँपालिकाले यस अघिको कार्यमा विद्यालय समायोजन सैद्धान्तिक रुपमा सफल भएको र समायोजनका बाँकिरहेका कामहरु तत्काल हुने बताउनु भयो । स्वास्थ्य संथाहरुमा बर्थिङ् सेन्टर स्थापना, शुन्य होम डेलिभरी गाउँपालिका घोषणा गर्न सफल भएको बताउनु भयो । त्यसको लागि अण्डा देखि नगद सम्म र विभिन्न किसिमका काम गरेको बताउनु भयो । पालिकामा ल्याब तथा भिडियो एक्स–रे को सुरुवात भएको , एक घर एक धारा कार्यक्रम अन्तिम अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताउनु भयो । थापाले निर्बाचन पछि अझ सुस्म रुपले काम गर्नु पर्छ भन्ने भएको बताउदै स्थानिय तहको अबको काम जनताको हित र आबश्यकतालाई प्राथमिकतामा राखेर समाज बिकास गर्न मसिनो तबरले लाग्ने बताउनु भयो । थापाले अभिभावक विहिन बालबालिकाहरुको पूर्वखोला गाउँपालिका अभिभावकको भुमिकामा रहेर काम गर्ने बताउनु भयो । अध्यक्ष नुन बहादुर थापाले हिज अधुरा रहेका काम हरुलाई निरन्तता दिदै पूर्वखोलामा काठेपोल हरुलाई विस्थापित गर्न प्रत्यन गर्ने , हावापानि र माटो परिक्षण गरेर तरकारी तथा फलफुल पकेट क्षेत्र विकास गरेर कृषिमा आत्मनिर्भर गराउने , पशुपालन क्षेत्रको विकासमा काम गर्ने बताउनु भयो । एक घर एक धारा पुरा गर्ने , स्वास्थ्य , शिक्षा सरसफाईलाई अघाडि बडाउने अध्यक्ष थापाले बताउनु भयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले २०७४ सालमा निर्वातिच भैसकेपछि धेरै काम गरेको बताउदै त्यस कार्यकालमा अधुरा रहेको काम हरुलाई निरन्तरता दिदै पूर्वखोला गाउँपालिकाले तय गरेको नारा अनुसार काम अघि बढाईएको बताउदै गाउँपालिकाले शुन्य होम डेलिभरी गर्न सफल रहेको बताउदै उपाध्यक्ष भट्टराईले स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथमिता दिदै अघि बड्ने बताउनु भयो । भट्टाईले जनताको आधारभुत आवश्यतादाई प्राथमितामा राखेर काम गर्ने बताउनु भयो ।
पूर्वखोला गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत मान बहादुर सारुले पत्रकार राज्यको चौथो अङ्ग भएकाले स्थानिय तहमा भएका राम्रो कामहरुलाई सबैको सामु ल्याउनु पर्ने बताउदै पूर्वखोदा गाउँपालिका नागरिक हरुले स्थानिय तहमा अधिकाम्स पुरानै जनप्रतिनिधिहरु दोहोरीनु भएकाले पनि जनाताले चाहे अनुसारको काम हुनेमा आफु ढुक्क रहेको बताउनु भयो ।
विभिन्न संचार माध्यममा आबद्ध २० बढि संचार क्रर्मिहरुको उपस्थितिमा भएको जनप्रतिनिधि संग प्रत्रकार भेटघाट कार्यक्रम कन्दरा न्यूजका कार्यककारी निर्देशक डिल्लीराज पंगेनीको संचालन, बोलि खबरका सम्वाददाता सन्जु परियारको स्वागत र बोलि खबरका सम्पादक बन्दना पोखरेलको अध्यक्षता भएको हो ।


प्रकाशित : २०७९ जेठ १३ गते ०:०३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology