खानेपानि सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने सचेतना कार्यक्रम पूर्वखोलाको रिङ्नेरहमा सम्पन्न ।।

Kandara News
प्रकाशित : २०७९ जेठ १३ गते २२:४४

खानेपानि सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने सचेतना कार्यक्रम पूर्वखोलाको रिङ्नेरहमा सम्पन्न भएको छ ।
खानेपानि सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने सचेतना कार्यक्रम पूर्वखोलाको रिङ्नेरहमा सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वखोला गाउँपालिका वडा न ३ रिङ्नेरहो बृत्ता बजार र अर्खलडाँडामा गरि ३ दिन सम्म संचालन भएको कार्यक्रममा खानेपानि सम्बन्धि स्वच्छता, बातावरण सफा , घरपरिवार , रहन सहन शौचालयको प्रयोग र सफासुघर लगायतको विषयमा पूर्वखोला ३ का टोल र बस्तीको प्रतिनिधित्व हुने गरी वडा भित्रका जनसमुदायको उपस्थितमा कार्यक्रम संम्पन्न भएको हो ।
कार्यक्रमको सहजिकरण पूर्वखोला गाउँपालिका योजना अधिकृत विनोद नेपाल , वडा नं. ३ निर्वतमान वडा अध्यक्ष निलकण्ठ भट्टराई, नागरिक समाज हरि प्रसाद न्यौपाने लगायतले सहजिकरण गर्नु भएको थियो ।
समापन कार्यक्रम पूर्वखोला गाउँपालिका वडा सदस्य बासुदेव न्यौपानेको अध्यक्षताका रिमिसरा फालको स्वागत मन्तव्य र निलकण्ठ भट्टराइ को संचालनमा भएको हो ।


प्रकाशित : २०७९ जेठ १३ गते २२:४४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology